• १८ भदौ २०८३, बिहीबार
  • १२ः४७ दिउँसो

डोल्पा अस्पतालमा औषधि नहुँदा समस्या

प्रकाशित मिति

२०७६ असार ८ गते, आईतवार ०१:३१

दुई हप्तादेखि टाइफाइड र ज्वरोको बिरामीको सङ्ख्या बढेपनि डोल्पा अस्पतालमा औषधि नहुँदा समस्या भएको छ। टाइफाइड जाँच गर्नका लागि आवश्यक पर्ने किट (हुइडल पेष्ट रियाजेन्ट) नहुँदा समस्या उत्पन्न भएको हो। पाँच दिनदेखि यो औषधि अभाव हुँदा अस्पतालमा आएका बिरामीहरु उपचारमा चुनौती थपिएको डा सिजन रावलले बताए।

मौसम परिवर्तनसँगै डोल्पामा बिरामी बढेपनि टाइफाइड पत्ता लगाउने किट (औषधी) नै नहुँदा समस्या भएपछि अनुमानका आधारमा उपचार गर्न बाध्य भएको डाक्टर रावलले बताए। यातायात र हवाई यातायातको सहज पहुँच नभएको डोल्पामा औषधिको आपुर्तिमा ढिलासुस्ती गर्दा धेरै बिरामीले निजी औषधि पसलमा उपचार गर्न बाध्य भएका छन्।

Kamana Sewa

अस्पताल प्रशासनले औषधि अभाव भएको जानकारी प्रदेश सरकारलाई गराएपनि माग पुर्ति नभएको बताएको छ। डोल्पा अस्पताल प्रदेशको मातहतमा रहेकाले कुनै पनि कुरा अभाव भएमा पुर्ति गर्ने जिम्मा प्रदेश सरकारको रहेको छ। त्यस्तै दुई जना डाक्टरको दरबन्दी भएको डोल्पा अस्पतालमा एक जना मात्र डाक्टरले काम गरिरहेका छन्। करारमा एक जना डाक्टर कार्यरत छन्।

Classic Tech Desktop

अस्पतालमा डिजिटल एक्सरेसमेत नहुँदा पुरानो एक्सरेबाट काम सञ्चालन हुँदैआएको छ। त्यस्तै बिरामीलाई दिने अक्सिजनसमेत नहुँदा दैनिक समस्या पैदा आएको छ। जीर्ण भवनमा उपचार गर्दा समस्या हुँदैआएको छ। अस्पताल निर्माणका लागि डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) भएपनि अहिलेसम्म बोलपत्र आह्वान हुनसकेको छैन।

स्वास्थ्य खबरपत्रिका बाट

प्रतिकृया