• २१ जेठ २०८३, बिहीबार
  • ११:४८ बिहान

‘विप्लव’का सर्लाही इन्चार्ज पौडेल मारिएको घटनाबारे मानवअधिकार आयोगले अनुसन्धान गर्ने

प्रकाशित मिति

२०७६ असार ७ गते, शनिबार ०८:०१

तृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेल दोहोरो मुठभेडमा बिहीबार प्रहरीको गोली लागी मारिएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ ।

आयोग प्रवक्ता वेदप्रसाद भट्टराईले उक्त घटनाको सत्यतथ्य अनुसन्धान तथा अनुगमन गर्न केन्द्रीय कार्यालय र प्रदेश नं २ कार्यालयबाट शुक्रबार नै घटनास्थलमा टोली खटाइएको विज्ञप्तिमार्फत जनाएका छन् ।

Kamana Sewa

विज्ञप्तिअनुसार केन्द्र र प्रदेशको संयुक्त टोलीले घटनाको अनुसन्धान तथा अनुगमन गरी आयोगलाई प्रतिवेदन बुझाउने छ । घटनामा प्रहरीको गल्ती भेटिए कारबाहीको सिफारिस गरिनेसमेत आयोग स्रोतले जानकारी दिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Classic Tech Desktop

प्रतिकृया