• २१ असोज २०८३, बुधबार
  • ३ः१९ दिउँसो

धादिङ मा जीप दुर्घटना हुँदा ५ को मृत्यु, १० घाइते

प्रकाशित मिति

२०७६ असार ६ गते, शुक्रबार ०३:३८

धादिङ  जिल्लाको गल्छी गाँउपालिका – ६ बाँझगाउँमा आज दिउँसो भएको सडक दुर्घटनामा पाँचको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् ।

National Life

बैरेनी बजार आउँदै गरेको बा १८ च ९४०८ नम्बरको बोलेरो जीप अनियन्त्रित भइ पल्टिदा उक्त दुर्घटना भएको हो । धादिङ प्रहरीका अनुसार दुर्घटनामा सोही गाउँपालिकाको वडा नं.६ का २५ वर्षीया नानु तामाङ,सोही ठाउँका ३० वर्षीया कान्छी भजुेल, वडा नं.४ का ३८ वर्षीय सेते मिजार ,सोही ठाउँका २५ वर्षीय राजु रम्तेलको घटनास्थलमा नै मृत्यु भएको छ भने २१ वर्षीया समीक्षा अधिकारीको उपचारका क्रममा अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते हुनेलाई स्थानीय अस्पतालमा उपचारपछि काठमाडौं पठाइएको छ । रासस

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया