• २१ असोज २०८३, बुधबार
  • ३ः११ दिउँसो

खरिदार १८ हजार घुससहित रङ्गेहात पक्राउ

प्रकाशित मिति

२०७६ असार ६ गते, शुक्रबार ०३:२५

जिल्ला अदालत कलैयाका खरिदार १८ हजार घुससहित रङ्गेहात पक्राउ परेका छन् ।

National Life

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट गएको टोलीले अदालतको फैसला कार्यान्वयनका लागि मालपोतलाई पत्राचार गर्न घुस लिइरहेको अवस्थामा खरिदार सुनिल चौधरीलाई पक्राउ गरेको हो ।

चौधरीलाई सेवाग्राहीसँग १८ हजार रुपैयाँ लिइसकेको अवस्थामा कलैया-४ स्थित अदालत अगाडिको चियापसलबाट रङ्गेहात पक्राउ गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रतिकृया