• ४ साउन २०८३, सोमबार
  • ६:५३ बेलुका

प्रेस स्वतन्त्रताको पक्षमा संकलन गरिएको हस्ताक्षर प्रशासन मार्फत प्रमलाई

प्रकाशित मिति

२०७६ असार ६ गते, शुक्रबार ०३:२२

 

भक्तपुर ।

Kamana Sewa

नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले आज प्रेस स्वतन्त्रताको पक्षमा संकलन गरेको हस्ताक्षर जिल्ला प्रशासन कर्यालय भक्तपुर मार्फत प्रधानमन्त्रीलाई बुझाएको छ । ।सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक लगायत संचार सम्बन्धि फिर्ता लिन माग राख्दै नेपाल पत्रकार महासंघले घोषणा गरेको तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत हस्ताक्षर बुभाएको हो ।

Classic Tech Desktop

नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीको नेतृत्वमा गएका जिल्लाका पत्रकारका टोलीले हस्ताक्षर भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी दिलीप लामिछाने मार्फत प्रधानमन्त्रीलाई बुझाएको हो ।महासंघले संकलन गरेको हस्ताक्षर बुझ्दै सहायक प्रजिअ लामिछानेले सम्बन्धित स्थानमा पुर्याउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

सो अवसरमा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश सचिब अमर भुजु,पत्रकार महासंघका केन्द्रीय पार्षद ,प्रदेश पार्षद,कार्यसमितिका पदाधिकारी तथा सदस्य तथा जिल्लामा कृयाशिल पत्रकारको सहभगिता रहेको थियो ।

गत असार ३ गते दुधपाटीमा संचालन गरिएको हस्ताक्षर अभियान अन्तर्गत पत्रकार,नागरिक समाजका अगुवा,पेशाकर्मी लगायत दुई सय जानले हस्ताक्षर गरेको पत्रकार महसंघका जिल्ला अध्यक्ष बुढाथोकीले बताउनुभयो ।

मिडिया काउन्सिल विधेयक लगायत सरकारले ल्याएका संचार सम्बन्धि बिधेयकमा भएका प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रावधानहरु अविलम्ब फिर्ता लिन माग राख्दै बैशाख २९ देखि जेठ २५ गतेसम्म दुई चरणमा गरिएको आन्दोलनका कार्यक्रमहरुलाई उपेक्षा गर्दै सरकार महासंघले उठाएका मागप्रति गम्भीर नभएपछि महासंघ तेस्रो चरणको आन्दोलनमा होमिएको हो ।

महासंघले प्रेस स्वतन्त्रताको पक्षमा सञ्चालित अभियानमा सक्रिय सहभागिता जनाउन आमसञ्चारकर्मी, सञ्चारसम्बद्ध संघ–संगठन, सञ्चारमाध्यम, विभिन्न पेशाकर्मीहरु, राजनीतिक दल, नागरिक समाज, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुप्रति आग्रह गरेको छ ।आन्दोलन अन्तर्गत असार १५ गते जिल्लाबाट निर्वाचित संघीय र प्रदेश सांदहरुलाई एसएमएस मार्फत सन्देश पठाएर ध्यानाकर्षण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिकृया