सवारी चालक उन्नत तालिम सम्पन्न
प्रकाशित मिति
२०७६ असार ६ गते, शुक्रबार ०१:४८
काठमाडौं .
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालित ११औं समूहको सवारी चालक उन्नत तालिम यान्त्रिक ज्ञान शुक्रबार सम्पन्न भएको छ ।
सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ई. नरोत्तमलाल प्रधानले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै सवारी चालक उन्नत तालिम संवदेनशील हुनका साथै उपयोगी भएको बताउनुभयो ।

प्रहरी बरिष्ठ उपरीक्षक प्रधानले समयसापेक्ष यस तालिमले योग्य र दक्ष चालक उप्पादन भई नेपाल प्रहरीलाई आवश्यक प्राविधिक ज्ञान भएका चालकको परिपूर्ति हुने उल्लेख गर्दै तालिममा सिकेका ज्ञान र सिपलाई आफ्नो कार्य क्षेत्रमा लागू गरी प्रहरी संगठनले लिएको लक्ष्यलाई सफल पार्न श्रृजतनात्मक रुपमा आफ्नो भूमिका प्रस्तुत गर्न उहाँले प्रशिक्षार्थीहरुलाई निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी निरीक्षक अनुप श्रेष्ठले कूल ३० कार्यदिन रहेको उक्त तालिममा ३७ जना प्रहरी जवानहरुको सहभागिता रहेको जानकारी दिनुभयो ।




प्रतिकृया