• १९ असार २०८३, शुक्रबार
  • ५:१६ बेलुका

समृद्ध नेपाल, सुखी नेपालीको प्राप्तीका लागि प्रविधि मैत्री भएर काम गर्न : प्रधानमन्त्री

प्रकाशित मिति

२०७६ असार ४ गते, बुधबार ०३:३६

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ राष्ट्रिय गन्तव्य समृद्ध नेपाल, सुखी नेपालीको प्राप्तीका लागि प्रविधि मैत्री भएर काम गर्न आवश्यक रहेको बताए ।

बुधबार कलंकीमा नमुना मालपोत कार्यालय घोषणा कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रविधिको प्रयोगले थोरै जनशक्तिबाट धेरै काम लिन सकिने,उत्पादन र उत्पादकत्व वृद्धि गरिने र सबै काम पारदर्शी हुने बताए  ।

Kamana Sewa

उनले भने, ‘नेपाललाई आधुनिक दिशातर्फ अघि बढाउनका लागि प्रविधिको ठुलो भूमिका छ । हाम्रो नयाँ राष्ट्रिय गन्तव्य समृद्ध नेपाल, सुखी नेपालीको प्राप्तीका लागि प्रविधि मैत्री भएर काम गर्नुपर्दछ ।’

Classic Tech Desktop

प्रधानमन्त्री ओलीले विकास र सेवाका प्रयासमा प्रविधिको प्रयोग गरेर जनतालाई छिटो र छरितो सेवा दिइने बताउदै उनले भने, ‘अब मालापोतमा मात्र होइन शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गरिनेछ ।’ उनले अबको दुई बर्ष भित्रमा देशका सबै मालपोत कार्यलयका ढड्डाहरु, पुराना लिखतहरु डिजिटलाइज्ड भइसक्ने बताए ।

प्रतिकृया