सिंगापुर पठाउने भन्दै करोडौं ठगी गर्ने एक युवा पक्राउ
प्रकाशित मिति
२०७६ असार ४ गते, बुधबार ०३:०५
सिंगापुर पठाउने भन्दै करोडौं ठगी गर्ने एक युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोट गणेशस्थान गाविस—९ घर भइ हाल काठमाडौंको तारकेश्वर नगरपालिका मनमैजु बस्ने प्रविन पौडेल रहेका छन् ।
सिंगापुरको क्रुजमा काम लगाइदिन्छु भन्दै ६ करोड रुपैयाँभन्दा बढी ठगी गरेका उनलाई मकवानपुर हेटौडा उपमहानगरपालिका—४ पारिजातपथमा क्षेत्रमा लुकेर बसेको अवस्थामा प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
उनले काठमाडौं महानगरपालिका—४ विशालनगरमा ‘द एप्रिन्टाइस फिर्म प्राइभेट लिमिटेड’ नामको ट्रेनिङ सेन्टर खोली सिंगापुर पठाइदिने र मासिक ५३ हजारभन्दा बढी कमाइ हुने भन्दै ठगी गरेका थिए ।
प्रारम्भिक अनुसन्धानका क्रममा पौडेलले ३ सय जनाभन्दा बढी युवाहरुबाट ६ करोड रुपैयाँ भन्दा बढी ठगी गरेको खुल्न आएको छ ।
भारतको दिल्ली र लखनउमा पठाइ तालिम दिने प्रलोभनमा पाँच लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको भनी काठमाडौं महानगरपालिका—३२ कोटेश्वर बस्ने तिर्थ हमालले दिएको जाहेरीको आधारमा पौडेललाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।






प्रतिकृया