• ४ असोज २०८३, आइतबार
  • ७ः०२ बेलुका

कोपा अमेरिका फुटबलमा चिलीको विजयी सुरुवात

प्रकाशित मिति

२०७६ असार ३ गते, मंगलवार १०:१८

काठमाडौैंः ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा साबिकको विजेता चिलीले विजयी सुरुवात गरेको छ । मंगलबार बिहान भएको खेलमा आमन्त्रित टोलीको रुपमा सहभागिता जनाएको जापानलाई ४–० ले पराजित गर्दै चिलीले विजयी सुरुवात गरेको हो । चिलीका लागि एड्वार्डो भर्गासले दुई तथा एलेक्सिस सान्चेज र एरिक पल्गरले एक एक गोल गरको हो ।

National Life

खेलको ४१ औं मिनेटमा पल्गरले गोल गर्दै चिलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ५४ औं मिनेटमा भर्गासले गोल गर्दै चिलीको अग्रता दोब्बर बनाएका हुन । ८२ औं मिनेटमा सान्चेजले गोल गर्दा चिलीको अग्रता तेब्बर बनाए । त्यसपछि ८३ औं मिनेटमा भर्गासले व्यक्तिगत दोस्रो गोल गर्दै चिलीलाई ४–० को जित दिलाएका हुन । प्रतियोगितामा एसियाका दुई आमन्त्रित टिम जापान र कतारसहित १२ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिकृया