• २१ असोज २०८३, बुधबार
  • ३ः०४ दिउँसो

लहानमा पहिलो पटक फेशन शो सम्पन्न

प्रकाशित मिति

२०७६ असार ३ गते, मंगलवार १०:३४

गौरब निरौला ,

National Life

काठमाडौं । प्रदेश २ को लहानमा पहिलो पटक फेसन शो कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । एल एण्ड एन मोडल एजेन्सीको आयोजनामा भएको कार्यक्रममा मौलिक सांस्कृतिक तथा आधुनिक फेसनलाई समेटेर शो देखाईएको थियो ।


उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा धनगडि माइ नगरपालिका का मेयर हरि नारायण चौधरी रहनुभएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

बिशेष अतिथिमा औरही नगरपालिकाका मेयर,राष्ट्रिय एकता बोकेर हिडेका साईकल यात्री रंजीत शाह, लाहान जेसिआइ का प्रमुख राजु मण्डल ,लाहान मेरी स्कुलका पाण्डब हमाल, सुन चादिका प्रमुख श्याम शाह, इलाका प्रहरी कार्यलय लाहानका डिएसपी भेषराज रिजाल, सशस्त्र प्रहरी बल लाहानका नायब उपरिक्षक प्रेम बहादुर रावल रहनुभएको थियो ।


यस्तै अतिथिमा फिरोज शेख, राकेश चौधरी , नितेश राज नायक रहनुभएको थियो ।


एल एण्ड एन मोडल एजेन्सीका म्यानेजिङ्ग डाइरेक्टर नितेन्द्र कर्णले सकारात्मक कुरालाई प्राथमिकताका साथ अगाडी बढाउनुपर्ने र फेसनबाट नेपाललाई विश्वमा चिनाउन सकिने बताउनुभयो । फेसन सो लाई मर्या्दित तरिकाले अगाडी बढाउनसके यसको भविष्य राम्रो हुनेमा उहाँको जोड रहेको छ ।


फेसन सो गर्दा लाखौ चुनैतिको बाबजुत पनि जेष्ठ ३२ गते लाहानमा “लहान फेस्ट २०१९ : फेसन शो एण्ड म्युजिकल कन्सर्ट” सम्पन भएको छ ।

लहानमा भएको उक्त फेसन सो काठमाडौको एल एण्ड एन मोडल एजेन्सीले पहिलो पटक गरेको थियो । जहाँ कमल खत्रिले र्दशक लाई मज्जाले नचाएका थिए । यस्तै सन्दिप न्यौपाने, कर्णराज गिरी , क्षीरिङ्ग लामा लगायतको राम्रो प्रस्तुती रहेको थियो ।

ड्रेस र्पाटनर मा पिंक बुटिक गोलबजार, न्यू स्र्माट टेलर लाहान र क्यासटेल्लो क्यासमेरी पसमिना दरबारमार्ग रहेको थियो ।


फेसन शो र बिभिन्न सांस्कृतिक प्रस्तुतिसँगै लहान वासीहरुकाबीच भव्य र उत्साहजनक सहभागितामा भरिएको कार्यक्रम सुरुदेखि अत्यसम्म रङ्गीन बनेको थियो ।

प्रतिकृया