• २१ असोज २०८३, बुधबार
  • ३ः०१ दिउँसो

हिड्ने , हाँस्ने र जीबनमा केही गर्ने रहरको याचना ,सहयोगको अपेक्षा !( भिडियो सहित )

प्रकाशित मिति

२०७६ असार २ गते, सोमबार ११:०९

उत्सब बजगाईं,

National Life

मानब जिबन न हो ! कति बेला कुन समय न त् घाम न त् पानि अनिस्चित् मौसम मा जे पनि हुन सक्छ ।मानब जिबन भनु नै पानि मा उठेको फोका जस्तै हो , कति खेर विलाऊछ भन्ने कुनै पत्तो ठेगान हुदैन ।अनेकौ दुख पिडा ,हासो रोदनको सघारबाट रुम्लियर सुन्दर सपनाको खोजि गर्दा गर्दै आफ्नो अमुल्य जिन्दगि गुमाउदा पिडा नीकै नै दर्धानक र अकल्पनीय नै हुन्छ ।

आफ्नो परिवार को मुहारमा खुसि बहाब छरौँला छोरा-छोरीको सुन्दर भविष्यको तय गरुला । भनि आफ्नो देश छाडी परदेशमा रगत पसिना बेच्दा बेच्दै कार्यब्यबस्थाको दौडाहनमा १२ चक्का भएको गाडी दुर्घटनामा ४०० मिटर तल खसी आफ्नो दुबै खुट्टा गुमाउन पुग्नु भएका बैतडी जिल्ला घर हुनुभएका बासुदेब जोशी को गाडी दुर्घटनामा परि दुबै खुट्टा नचल्ने भएको हुँदा सम्पूर्ण सहयोगी मनहरुले सहयोग गर्दिनुहोला र उहाँको मुहारमा खुसीको प्रतिक बनेर पिडाको मलम बनेर ग्रिनिज ओल्ड रेकर्ड होल्डर अर्थात चर्चित कलाकार मनिष श्रेष्टले आफुले सक्ने सहयोग गरिरहनु भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

उहाँको आर्थिक अवस्था निकै नै नाजुक भएको कारणले गर्दा उहाँले आफ्नो सम्पूर्ण खुशी चाहना ,इच्छा र रहहरुलाई एउटा बन्द कोठामा र सपनामा सिमित पार्न बाध्य हुनुभएको छ । उहाँलाई बिभिन्न देशबाट पनि सहयोग सङ्कलन भइरहेको छ , भन्ने कुरा पनि जानकारी भएको छ । उहाँको खुशीका निम्ती सक्केको सहयोग गरि मानवताको परिचय दिनुहुन्छ भन्ने आशा ब्यक्त गर्दछु ।उहाँलाई सकेको सहयोग गरि खुट्टाको जोर्नी जोड्न मदत पुर्याऊ ।

आफनो रहर इच्छालाई गुमाएर राख्नु भएको रहेछ ।सबैले आ-आफनो ठाउँबाट सक्दो सहयोग गरेर आर्थिक सङकलनमा र उहाँको सपनाको सफलताको विन्दु भई साथ समर्थन दिनुहुन्छ भन्ने आशा गर्दछु। उहाँले खेलेको हासेको हामि हेर्न चाहान्छौ। हिमाललाई दुख पर्दा तराईले र पहाडलाई दुख पर्दा तराईले सहयोग गरेर नेपालि पन र नेपाली पहिचानको उदाहरण दिनु पर्दछ ।उहाँको त्यो मुहारमा पक्कै आशु मेट्टि खुसिको बहाब छरिन्छ र तपाई हाम्रो सानो सहयोगले कसैको जिन्दगी फेरिन्छ र गुजरिन्छ भने किन सहयोग नगर्न??

यो पढी सके पछि शेयर गरेर सयोगी मन सम्म पुय्राउनु हुन्छ भन्ने अपेक्षा गर्दछु ।

https://www.youtube.com/watch?v=3iCPQuwpU3k&feature=youtu.be&fbclid=IwAR2JuKprwwQaAcEpbYgohWX67xBa0Woe0x8yXiJ14PL62OYJ0QlKmeiUMto

प्रतिकृया