• ३२ साउन २०८३, सोमबार
  • ८:२५ बेलुका

नेपालमा रेल भारत र चीनबाट ल्याइनेछ : प्रधानमन्त्री ओली

प्रकाशित मिति

२०७६ असार १ गते, आईतवार १२:२८

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रेल भारत र चीनबाट ल्याइने बताउनु भएको छ ।

युरोप भ्रमण सकेर स्वदेश फर्किनुभएको प्रधानमन्त्री ओलीले आइतबार त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा पत्रकारहरू ले सोधेको रेल कहिले आउँछ भन्ने प्रश्नमा उहाँले युरोपबाट नभई चीन र भारत बाट छिटै रेल ल्याउने बताउदै यसबारे थप कुरा पछि गर्ने बताउनुभयो ।

Kamana Sewa

यस्तै लोक सेवा आयोगले स्थानीय तहका लागि खोलेको विज्ञापन समावेशी नभएको भन्दै विवादित बनेकोमा पत्रकारले सोधेको प्रश्नमा प्रधानमन्त्रीले लोक सेवा आयोगको उक्त विज्ञापनबारे अहिल्यै केही भन्न नसकिने बताउनुभयो ।

Classic Tech Desktop

वाइड बडी जहाज खरिदमा भएको अनियमितताबारे छानबिन भइराखेकोले अहिल्यै केही नबोल्ने प्रतिक्रिया दिनुभएको छ ।

पत्रकारलाई जवाफ दिँदै उहाँले वाइड बडी अनियमितताबारे छानबिन भइराखेको र परिणाम नआइकन केही भन्न नमिल्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, छानबिन भइराखेको छ । मैले गैरजिम्मेवार ढंगले कसैलाई भ्रष्टाचारी भन्न मिल्दैन । उहाँले छानबिन सकेपछि दोषीमाथि कडा कारबाही हुने जनाउनुभयो ।

प्रतिकृया