• २९ भदौ २०८३, सोमबार
  • १२ः१३ राती

संघीय समाजवादी फोरम नेपाल र बाबुराम भट्टराईको नयाँ शक्ति नेपालबीच एकीकरण

प्रकाशित मिति

२०७६ जेष्ठ ३० गते, बिहीबार ११:२८

उपेन्द्र यादवको संघीय समाजवादी फोरम नेपाल र बाबुराम भट्टराईको नयाँ शक्ति नेपालबीच एकीकरण भई बनेको समाजवादी पार्टी, नेपाल आज निर्वाचन आयोगमा दर्ता हुने भएको छ ।

National Life

२५ जना पदाधिकारीसहित ४३० जना केन्द्रीय सदस्यको नामावली दिएर पार्टी दर्ता गराउने भएको छ ।

चुनाव चिन्ह र झण्डाबारे आजै बस्ने पदाधिकारीको बैठकले टुँगो लगाउने तयारी छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि संघीय समाजबादी फोरमले प्रयोग गरेकै झण्डालाई नयाँ दलको पनि झण्डा बनाउने कुरामा लगभग सहमति रहेको तर चुनाव चिन्ह भने के राख्ने भन्ने बारेमा टुंगो लाग्न बाँकी रहेको नेताहरुले बताएका छन् ।

वैशाख २३ गते एकता घोषणा भएको समाजवादी पार्टी, नेपालको झण्डा र चुनाव चिन्ह टुंगो लगाएर शुक्रबार दिउँसो साढे १२ बजे दल दर्ताका लागि निर्वाचन आयोगमा जाने तयारी रहेको समाजवादी पार्टीले जनाएको छ ।

 

प्रतिकृया