• ४ साउन २०८३, सोमबार
  • १:१५ बिहान

सरकारले गुठी अनियमितता रोक्न विधेयक ल्याउन लागेको सांसद बस्नेतको दावी

प्रकाशित मिति

२०७६ जेष्ठ २९ गते, बुधबार ०३:००

संसदको आज विशेष समयमा बोल्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद तथा पूर्व मन्त्री महेश बस्नेतले संसद संचालन प्रक्रिया का बारेमा सुझाब दिनुभएको छ ।

उहाँले भन्नुभयो , “जसरी हामी विशेष समय र शुन्य समयको कार्यक्रम चलाइरहेका छौ त्यसरी नै ढयाक्ढयाके समय पनि नियमित चलाउनुपर्ने होकि भन्ने मलाई लागेको छ , यसो गर्दा खेरी सबै मान्यज्यूहरुलाई बराबर समय दिनुपर्छ ,नभए कोहि साथि ढयाक्ढयाक गरिरहने ,कोहि साथिहरुलाई बोल्ने मौका नै नहुने अबस्था रहेको छ ।”

Kamana Sewa

यसैगरी उहाँले गुठी सम्बन्धी विधेयकमा अनावश्यक बखेडा नझिक्न आग्रह गर्नुभएको छ । गुठी प्राधिकरण बनाएर गुठीको नाममा भइरहेका अनियमितता रोक्न सरकारले विधेयक ल्याउन लागेको सांसद बस्नेतको दावी छ ।

Classic Tech Desktop

गुठीको जग्गा र सम्पत्ति कतिपयले दुरुपयोग गरिरहेको उल्लेख गर्दै उहाँले त्यसलाई रोक्ने उद्देश्य सरकारको रहेको बताउनुभयो । तर यही विषयलाई विवादित बनाइएको उहाँको भनाई छ ।

सांसद बस्नेतको विज्ञापन रोक्ने निर्देशन संघीयता विरोधी भएको आरोप रहेको छ ।
त्यस्तै लोकसेवा आयोगको विज्ञापन रोक्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशन प्रति पनि उहाँले आपत्ति जनाउनुभयो ।

 

लोकसेवा आयोगको विज्ञापन रोक्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशन संघीयता विरोधी हाे ।

Posted by Mahesh Basnet on Wednesday, June 12, 2019

प्रतिकृया