• ४ साउन २०८३, सोमबार
  • ६:५४ बेलुका

प्रधानमन्त्री ओलीद्वारा आफ्नो दलभित्रको राजनीतिबारे टिप्पणी

प्रकाशित मिति

२०७६ जेष्ठ २८ गते, मंगलवार १०:१२

प्रधानमन्त्री केपी शर्मा ओली हाल युरोप भ्रमणमा रहनुभएको छ । उहाँले सरकारको नेतृत्व परिवर्तनबारे आफ्नो दलले निर्णय गर्ने जनाउनुभएको छ ।

सोमवार बेलुका ब्रिटेनको प्रतिष्ठित अक्स्फोर्ड विश्वविद्यालयस्थित विद्यार्थी युनियनले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आफ्नो दलभित्रको राजनीतिबारे टिप्पणी गर्नुभएको हो ।

Kamana Sewa

दुई दलका शीर्ष नेताबीच भएको सहमतिअनुसार आलोपालो नेतृत्व गर्न सत्तारूढ नेकपा (नेकपा) का अर्का अध्यक्ष प्रचण्डले स्मरण गराइरहँदा ओलीको त्यस्तो भनाइ आएको हो।

Classic Tech Desktop

एमाले र माओवादीबीच एकीकरण भएर बनेको नेकपामा ओली र प्रचण्ड दुवै जना अध्यक्ष हुनुहुन्छ। उहाँहरूले आफूहरू एउटै विमानको सहचालक भएको जानकारी दिनुभएको छ ।

यसैगरी अक्स्फोर्डमा “शान्ति, लोकतन्त्र र विकास“ विषयमा प्रवचन दिँदै प्रधानमन्त्री ओलीले राजतन्त्रदेखि सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म नेपालको यात्राको चर्चा गर्नुभयो। उहाँले आर्थिक विकास गरी जनताको जीवनमा परिवर्तन नल्याएसम्म राजनीतिक परिवर्तन दीर्घकालीन हुन नसक्नेमा पनि जोड दिनुभयो ।

लन्डनमा आज उहाँले ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

 

प्रतिकृया