कोटेश्वरमा २१ वर्षीय युवामाथि खुकुरी प्रहारः दुई पक्राउ
प्रकाशित मिति
२०७६ जेष्ठ २४ गते, शुक्रबार ०१:५१
काठमाडौं महानगरपािलकाको कोटेश्वरमा २१ वर्षीय युवामाथि खुकुरी प्रहार भएको छ ।
वौद्ध बस्ने दोलखा घर भएका २१ वर्षीय निमा शेर्पामाथि बिहीबार साँझ ७ बजेतिर धारिलो हतियार खुकुरी प्रहार भएको हो ।

खुकुरी प्रहरबाट घाइते भएका शेर्पालाई उपचारको लागि सिभिल अस्पताल मिनभवन लगिएको छ ।

कोटेश्वरस्थित एसओएस मोड नजिक मगर लगायतका ४ जनाको समूहले शेर्पालाई कुटपिट तथा धारिलो हतियार खुकुरी प्रहार गरेको भएपनि काठमाडौं महानगरपालिका–३२ नरेफाँट बस्ने सर्लाही नवलपुर घर भएका २४ वर्षीय विशाल मगर र अर्का एकजनालाई प्रहरीले पक्राउ गरिसकेको प्रहरी निरीक्षक एलिजा गिरीले जानकारी दिइन् ।
उनका अनुसार उनीहरु समूहगत रुपमा झगडा गरेको र झगडाको क्रममा एक अर्कालाई प्रहार गरेको खुल्नमा आएको उनको भनाई थियो ।
साथै घटनामा संलग्न २ जनालाई महानगरीय प्रहरी वृत्त बानेश्वर पठाइएको र अन्य फरार व्यक्तिहरुको प्रहरीले खोजी कार्य जारी रहेको जनाइएको छ ।




प्रतिकृया