• २१ असोज २०८३, बुधबार
  • २ः४५ दिउँसो

“नव युगमा जन युवाको भूमिका”

प्रकाशित मिति

२०७६ जेष्ठ २२ गते, बुधबार ०२:३८

लेखकः गौरब निरौला
युवा राष्ट्रको अमूल्य सम्पत्ति हो । संयुक्त राष्ट्र संघको साधारण सभाले निर्णय सँगै २००४ साल देखि देशमा अन्तराष्ट्रिय युवा दिवस मनाउन थालियो । कुनै पनि राज्यको मुल कडि का रुपमा त्यस देशका युवाहरु रहेका हुन्छन् ।
युवा जनशक्ति नै राष्ट्र विकास निर्माणका मुख्य आधार हुन् । नयाँ युगको सुरुवातसँगै भवितब्य मलाई मानिसको र चेतनशिल प्राणीको कालखण्डको ब्याख्या र परिभाषा लिनु पर्ला झैं लाग्दैन ।

National Life

यद्यपी आजभन्दा २५ औं शताब्दी युग अघि एक जङ्गली र ढुङ्गेयुगबाट स्थापित हुनेपुगेका मानिस एक अकल्पनिय विकास एजेण्डा लगायत अदृष्य केन्द्रविन्दुको स्थापना गर्न सफल भइसकेका छन् ।विकास एजेण्डाको र कार्यतालिका थालनी सँगै सुरुवातको विन्दु पनि निचोड गरिसकेका छन् । जबकी मानिसप्रति दया, करुणा, मायासँगै विकास प्रेमताको पनि उजागर र साहनुभूतिको विकास भइसकेको छ ।

जबकी आज नवयुगमा देशमा राष्ट्रिय नीति तर्जुमा गर्दा युवा समूहलाई केन्द्रविन्दु बनाउँदछन् । युवालाई व्याख्या र परिभाषा प्रत्येक राज्यले आ–आफ्नो सन्देश र बास्तविकताको आधारमा गरेका हुन्छन् । हाम्रो देश नेपालमा (१०–१४)वर्षका मानिसहरुलाई युवा समुहमा संगठित गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपालमा १० वर्ष लामो हिंसात्मक द्धन्द अनि शान्तिपूर्ण राजनैतिक परिवर्तन पश्चात संविधान सभा मार्फत नयाँ संविधान र दिगो शान्तिको प्रत्याभूतिद्धारा सामाजिक तथा आर्थिक विकासको असर प्राप्त हुनेछ भन्ने जनविश्वास का बिच संविधान कार्यान्वयन र राज्य पूनर्संरचनाका दिन गन्तिहरुसँगै संक्रामणकाल लम्बिँदै जाँदा युवा वर्गमा निराशा, हतोत्साह, तनावको कारण बनिरहेका छन् ।
समुन्नत समूह र आधुनिक नेपालको निर्माण गर्ने परिकल्प आज राज्यको नीति निर्मार्ण गर्नै जवाफदेहि राजनैतिक इच्छाशक्तिको अभावले युवावर्ग कुहिरोको कागजस्ता भएका छन् ।

निम्न वर्गाका युवाहरु विभिन्न देशमा निम्न स्तरका श्रमिक पदमा श्रम बेच्न बाध्य छन् । जबकी नयाँयुगका जनमानस प्रति अब यस्तो लाचरिका, अप्राशिल दुःखको सामना र स्थिति नहोला भन्ने आशा र भरोसा पनि छ । तर पनि अबका दिनमा जनयुवाहरुले दुःख र संघर्षको हातेमालो गर्दै देश विकासको एजेण्डालाई अघि बढाउने छन् । एक अर्को प्रतिको भावना र आशको मर्म बुझ्ने छन् । पुरानो अन्धविश्वास र कुरितिको अन्त्य सँगै नविकरणीय आधुनिकताको सहानुभूति  गर्दै देश विकासमा  सक्रियता दिलाउने छन् ।

नवयुगमा देशविकासप्रति जनयुवाले आफ्नो हक, अधिकार र दायित्वको सुनिश्चितता गर्दै आ–आफ्नो स्थान र अन्तरभावबाट सक्दो भूमिका गर्नेछन् भन्ने एउटा जनमानसप्रति आशाको दियो जलिरहेको छ ।

आगामी दिनमा देशले छुटै विकासको गतिसँगै गरिवी र दुःखको अन्धकारमय जीवनको संघर्षमय यात्राबाट विकास रत्यो पिरछेराबाट मुक्तिहोला भन्ने पनि लागिरहेको छ । जस्तो युवाद्धारा कुनै पनि देशको यातायात, सञ्चार र स्वास्थ्य शिक्षा, संस्कृति जस्ता पक्षहरुको उन्नतिको लागि गरिने कार्यको उत्तरदायित्व नै देशको विकासमा युवा वर्गको भूमिका हो ।

युवा जनशक्तिलाई देशको मेरुदण्ड पनि भनिन्छ । युवा अवस्था त्यो अवस्था हो जसले बालकको सपना वृद्धहरुको सम्झनाको प्रतिनिधित्व गर्दछ । यसलाई न त छिटो प्राप्त गर्न सकिन्छ न त अड्याउन नै सकिन्छ । बालक र उमेरदार दुवैको लागि पुग्न र अडिन चाहाने अवस्था नै युवा अवस्था हो । यो अवस्था शारीरिक र मानसिक रुपमा शक्तिशाली अवस्था हो । नीतिगत हिसाबले २०६६ मा राष्ट्रिय युवा नीतिले युवाहरुलाई केही गर्न खोजेको देखिन्छ । ती संरचनाहरुलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाई निश्पक्ष र स्वतन्त्र रुपमा काम गर्न वातावरण सृजना गराउनु पर्दछ ।

वालापनको सपना र वृद्धहरुको संझनालाई विश्लेषण गरेर युवाहरुको देश विकासमा मुख्य भूमिका हुनुपर्दछ । हामी सबैको चाहना सम्बृद्ध नेपाल हो । हामी विगतमा समृद्धि नेपाली थियौं । बीचको कालखण्डमा हाम्रा राज्य संचालनका औजारहरुमा खिया लागेर बसेकाले हामी अगाडी बढ्न सकेनौं । अब समयमै हामीले औजारमा लागेका खियाहरुलाई सफा गर्न जरुरी छ ।

यसका लागि जीवनको सबैभन्दा उर्जाशील र सम्भावना बोकेका युवाहरुलाई उनीहरुको क्षमता र दक्षता र अग्रसरतालाई ध्यान दिई राज्य संचालनका तहहरुमा तथा विकास निमार्णका प्रक्रियाहरुमा उनीहरुको अर्थपूर्ण सहभागितालाई सुनिश्चित गरी सम्बृद्ध नेपालको डिजाइन गर्न जरुरी छ । यूवाहरुलाई युवा शसक्तिकरणको माधयमबाट सामथ्र्यवान, उद्यमशील, सृजनसिल तथा वैज्ञानिक एवं सकारात्मक सोचयुक्त समूह युवा तयार गरी उनीहरुलाई राष्ट्रको आर्थिक, सामाजिक, राजनैनिक र साँस्कृतिक क्षेत्रमा लगाउनुपर्छ । अनिमात्र देश विकास तिब्र गतिमा अगाडि बढ्छ ।

र्बषौ आकाशको बाटो भई ५० हजार युवा युवती पलाउन हुनबाट रोक भई स्वदेशमै रोजगारको सृजना गर्न सकिने छ । जन युवा माझ शिक्षा, स्वास्थ्य र संचार जस्ता विकासका पूवार्धारको पहुच पुग्ने वाला छ । विकासको ज्वारभाटा पाइनेवाला छ । दुखो पिटघेराको अन्तभई सुखको मुल फुटने वाला छ । देशले नमुना राष्ट्र को शोभा बढाउने वाला छ । यदि बेलैमा युवा वर्गलाई देश मै स्थापित गराउन नसक्ने हो भने भोको पेटले राष्ट्र र राष्ट्रियता को खोक्रो गुणगान गराइरहन कहाँ सक्ला र ??

प्रतिकृया