• २१ असोज २०८३, बुधबार
  • २ः५८ दिउँसो

अमेरिकी नागरिक अब क्युबा भ्रमणमा जान नपाउने

प्रकाशित मिति

२०७६ जेष्ठ २२ गते, बुधबार ०२:२७

ट्रम्प प्रशासनले अमेरिकी नागरिकलाई क्युबा भ्रमणमा जान मंगलबार प्रतिबन्ध लगाएको छ ।

National Life

अमेरिकी अर्थ विभागद्वारा अमेरिकी नागरिकको शैक्षिक भ्रमण, क्रुज पानीजहाज र निजी डुङ्गाबाट हुने क्युबा भ्रमण रोक्का गरिएको हो ।

अमेरिकी प्रशासनको यो यस प्रतिबन्धबाट क्युबाको अर्थतन्त्रमा निकै असर पार्ने अनुमान गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सन् २०१९ को चार महिनामै करिब तीन लाख अमेरिकीले क्युबाको भ्रमण गरेका थिए । अघिल्लो वर्षको तुलनामा यो संख्या झण्डै दोब्बर हो ।

अमेरिकी विदेश मन्त्रालयले अमेरिकी पर्यटकबाट हुने आम्दानी भेनेजुएलाका राष्ट्रपतिलाई मद्दत गर्नेगरी खर्च गरिएको अनुसन्धानबाट देखिएको जनाएको छ ।

क्युबाको सहयोगमा भेनेजुएलाका राष्ट्रपतिले दक्षिण अमेरिकी क्षेत्रलाई अस्थिर बनाएने र मानवीय सङ्कट निम्त्याएको अमेरिकी भनाई छ ।

क्युबाली सत्तालाई अमेरिकी डलर प्राप्त हुने स्थितिबाट अमेरिकाले रोक्ने हरसम्भव प्रयास गर्ने अमेरिकी राष्ट्रपतिका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले बताए ।

क्युबा सरकारले अमेरिकी यो कदमको निन्दा गरेको छ । क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले ट्वीट गर्दै अमेरिकी कदम पुनः असफल हुने दाबी गरे ।

प्रतिकृया