• ४ साउन २०८३, सोमबार
  • ७:१९ बेलुका

सरकारले ल्याएका हरेक बिधेयक बिवादास्पद :प्रकाशमान

प्रकाशित मिति

२०७६ जेष्ठ २१ गते, मंगलवार ०५:१६

नेपाली काँग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले सरकारले ल्याएका हरेक बिधेयक निरंकुशाताको आधारमा ल्याएकाले बिवादास्पद रहेको बताउनु भएको छ ।
भक्तपुरमा आज पूर्व कर्मचारी समाज नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै सिंहले सरकारले आफ्नो पायकलाई मात्र ध्यान दिएर ल्याएका हरेक बिधेयकले समस्या सुल्झाउने भन्दा पनि बल्झाउँदै गएको आरोप लगाउनु भएको हो ।
उहाँले सरकारका हरेक गतिबिधिलाई हेर्दा सरकार नै संघियता सफल पार्ने भन्दा पनि बिफल पार्ने गतिबिधिमा लागेको बताउनु भयो ।
सरकारले संघियता जनताका लागि भन्दा पनि आफ्नो शक्तिमा कैद गरेकै कारण संघियता कार्यान्वयनमा जटिलता देखिएको उहाँले बताउनु भयो ।

नेपाली काँग्रेस पार्टीको बिधानलाई सभापतिले नै कार्यान्वयन नगरी ब्यक्तिवादी चरित्र हावि भएकै कारण पार्टीले सोच अनुरुप कार्य गर्न नसकेको उहाँले बताउनु भयो ।
पार्टी बिधान कार्यान्वयन पार्टी सभापतिले गर्ने र यसले निम्ताएको हरेक परिणामको जिम्मेवार सभापति नै रहेको उहाँले बताउनु भयो ।उहाँले काँग्रेस परमपरागत शैलीमा सञ्चालन भएको र समय अनुसार सञ्चालनमा आउन नसक्दा वर्तमान अवस्था देखा परेको उहाँले बताउनु भयो ।
समय अनुसार पार्टीलाई लान नसके यो भन्दा पनि नराम्रो अवस्था पार्टीले भोग्नु पर्ने तर्फ सचेत हुनु पर्ने बताउँदै त्यसो नभए अस्तित्व जोगाउन अप्ठेरो पर्ने उहाँले बताउनु भयो ।
उहाँले काँग्रेसले सुरु गरेको जनजागरणमा अभियान काँग्रेसको कमी कम्जोरीको पहिचान गरि त्यसको सुधार गर्ने र गलत बिषयको उजागर गर्दै देशलाई सहि मार्ग तर्फ लान मद्दत पुग्ने उद्देश्यका साथ सञ्चालन गरिएको बताउनु भयो ।

Kamana Sewa

प्रतिकृया