• ४ साउन २०८३, सोमबार
  • ८:४६ बेलुका

श्रीलंकामा मुस्लिम मन्त्रीहरूले दिए राजीनामा

प्रकाशित मिति

२०७६ जेष्ठ २१ गते, मंगलवार ०१:५१

काठमाडौं । श्रीलंकामा साम्प्रदायिक हिंसा फैलिन थालेपछि सोमवार नौजना मुस्लिम मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन् ।

गत अप्रिल महिनामा ईस्टर बम आक्रमणपछि देशभरि साम्प्रदायिक हिंसा फैलिएको हो । उक्त आक्रमणमा २५८ जनाको मृत्यु भएको थियो।

Kamana Sewa

श्रीलंका का नौजना मन्त्री र दुई प्रान्तीय राज्यपालहरूले राजीनामाको निर्णय लिएका हुन् । मन्त्रीहरूले अल्पसंख्यकलाई तारो बनाइएको आरोप लगाएका छन् । सरकारले उनीहरूको रक्षा गर्न नसकेको गुनासो मन्त्रीहरूको छ ।

Classic Tech Desktop

ईस्टरका दिन आठवटा शृंखलाबद्ध आक्रमण हुँदा तीनवटा चर्च र पाँच होटल निशानामा परेका थिए । विस्फोटको जिम्मेवारी आतंकवादी संगठन इस्लामिक स्टेटले लिएको थियो । स्थानीय संगठन नेसनल तौहीद जमातले उसलाई सहायता गरेको थियो ।

प्रतिकृया