• ४ साउन २०८३, सोमबार
  • ८:२१ बेलुका

अतिक्रमित जग्गाको बसोबास हटाएरै छाड्छौं : मन्त्री अर्याल

प्रकाशित मिति

२०७६ जेष्ठ २० गते, सोमबार ०३:०८

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अतिक्रमित जग्गामा रहेको बसोबास हटाएरै छाड्ने बताएकी छन् ।

सोमबार फिदिममा प्रेस सङ्गठन पाँचथरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सरकारी जग्गामा रहेको अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने, अतिक्रमित जग्गामा रहेको बसोबास हटाएरै छाड्ने बताएकी हुन ।

Kamana Sewa

मन्त्री अर्यालले नागरिकले राजनीतिक व्यवस्था परिवर्तनमा मात्रै चित्त बुझाउने अवस्था नरहेको बताउँदै सरकारी सेवा प्रवाहलाई परिवर्तन गर्नसके मात्रै राजनीतिक परिवर्तनको अनुभूति हुने बताउदै मालपोत तथा नापी कार्यालयमा सरलीकृत फारम तथा अनलाइन प्रणालीको विकास भइरहेको र यी कार्यालयलाई ढिलो चाँडो कागजविहीन प्रणालीमा रुपान्तरण गर्ने मन्त्रालयको लक्ष्य रहेको उनले बताइन् ।

Classic Tech Desktop

उनले अबको डेढ वर्षमा देशभरिका सबै मालपोत कार्यालयमा डिजिटल प्रणालीबाट सेवा प्रवाह गर्ने लक्ष्यका साथ काम भइरहेको बताइन् ।

प्रतिकृया