नियन्त्रित लागूऔषध सहित पक्राउ
प्रकाशित मिति
२०७६ जेष्ठ २० गते, सोमबार ०२:३५
धनुषा, धनौजी गाउँपालिका(३ कटैयाबाट महोत्तरी बर्दिवास नगरपालिका(२ का २६ बर्षीय अजय कुमार झा र सोही स्थान बस्ने सुवास दमाईलाई एक सय मिलिलिटरको एग्जिप्लोन नामक नियन्त्रित औषधी १५ बोतल र स्पास्मो प्रोक्सिभिन पल्स २४ ट्याबलेट सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी धनौजीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज।४ प ८८४२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरुलाई उक्त नियन्त्रित लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सप्तरी, छिन्नमस्ता गाउँपालिका(२ मोहनपुरबाट नियन्त्रित लागूऔषध डाइलेक्स डिसि एक सय एमएलको १ सय १ बोतल सहित राजगढ नगरपालिका(६ कुडनवाका २५ वर्षीय श्रवन यादवलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सखडा सप्तरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको अनटेस्ट लेखिएको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिकृया