• २२ भदौ २०८३, सोमबार
  • ८ः५१ राती

नेपाल कम्युनिष्ट पार्टी मसाल को आठौँ महाधिवेशन राजधानीमा सुरु

प्रकाशित मिति

२०७६ जेष्ठ २० गते, सोमबार ०१:४४

मोहनबिक्रम सिँहले नेतृत्व गरेको तथा अर्धभूमिगत दलको रुपमा रहेको नेपाल कम्युनिष्ट पार्टी मसाल को आठौँ महाधिवेशन राजधानीमा सुरु भएको छ।

National Life

विहीबारदेखि राजधानीभित्रै सुरु भएको महाधिवेशनबारे सूचना बाहिर नजाओस् भन्ने उद्देश्यले महाधिवेशन प्रतिनिधि सबैको मोबाइल पार्टीले कब्जामा लिएको छ।

भूमिगत रुपमा सुरु भएको महाधिवेशनमा देशभरबाट पाँच सयभन्दा बढी प्रतिनिधि पर्यवेक्षक सहभागी रहेको जानकारी स्रोतले दिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

महाधिवेशनमा राजनीतिक प्रतिवेदन, न्यूनतम कार्यक्रमसम्बन्धी संशोधन प्रस्ताव, विधानसम्बन्धी संशोधन प्रस्ताव, सङ्गठनात्मक प्रस्ताव र जाति, संस्कृति र धर्मसम्बन्धी प्रस्तावहरु प्रस्तुत भएका छन्।

महाधिवेशनमा महामन्त्री सिँहको प्रस्तावविरुद्ध फरक मत दर्ता भएको जानकारी स्रोतहरुले दिएका छन्। राजनीतिक प्रतिवेदन र सङ्गठनात्मक प्रस्तावमा भिन्न मत दर्ता भएको हो।

सो पार्टीभित्र भारत र चीनलाई हेर्ने दृष्टिकोण, सरकार र संसदमा सहभागिता लगायतका विषयमा फरक मत रहेको छ।

महामन्त्री सिँहको प्रस्तावमा भारत र चीन दुबै देशलाई साम्राज्यवादी देश घोषणा गरिएको छ भने अल्पमत पक्षको प्रस्तावमा भारतलाई विस्तारवादी भनिएको छ।

सो पार्टीले भारत र चीनलाई हेर्ने दृष्टिकोणबारे यसअघि सार्वजनिक रुपमै बहस सञ्चालनमा ल्याएको थियो। बिहीबारदेखि सुरु भएको महाधिवेशन एक हप्तासम्म चल्ने बताइएको छ।

प्रतिकृया