• ४ साउन २०८३, सोमबार
  • १:३९ बिहान

बहुबिवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

प्रकाशित मिति

२०७६ जेष्ठ २० गते, सोमबार ०१:५३

बहुबिवाह मुद्दामा ७ बर्षदेखि फरार रहेकी जितपुर सिमरा उपमहानगरपालिका(१० बस्ने २७ बर्षीया उषा दवी राय भरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बारा जिल्ला अदालतको २०६९ जेठ ४ गतेको फैसालाले बहुबिवाह मुद्दामा १ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना तोकि फरार रहेकी उनलाई ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उषा देवीलाई बारा जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद सजाय भुक्तानको लागि वीरगंज कारागार कार्यालय पर्सामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिकृया