• ४ साउन २०८३, सोमबार
  • १:३९ बिहान

आफ्नै श्रीमतीलाई कोदालो प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

प्रकाशित मिति

२०७६ जेष्ठ २० गते, सोमबार १२:५४

आफ्नै श्रीमती ३५ बर्षीया शिवशक्ती देवी सदालाई कोदालो प्रहार गरी घाइते बनाएको अभियोगमा क्षिरेश्वरनाथ नगरपालिका(६ मुसहरीटोलका देवु सदालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
देवु सदाले श्रीमतीलाई कोदालो प्रहार गरी घाइते बनाएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कोदालो प्रहारबाट घाइते भएकी शिवशक्ती देवीको जनकपुर अंचल अस्पतालमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया