• ४ साउन २०८३, सोमबार
  • ७:१७ बेलुका

सरकारविरुद्ध आन्दोलन गर्न तयारी अवस्थामा रहन कार्यकर्तालाई सभापति देउवाको निर्देशन

प्रकाशित मिति

२०७६ जेष्ठ १९ गते, आईतवार १२:१५

भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई तिहाइको वर्तमान सरकार तानाशाही बन्न खोजेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेस रुपन्देहीले तिलोत्तमा नगरपालिकास्थित मधवलियामा आयोजना गरेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने स्थितिमा तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिए ।

सभापति देउवाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक कुनै हालतमा पास हुन नदिने उल्लेख गर्दै सदन अवरुद्ध गरेर भए पनि विधेयक पास हुन नदिने बताए। उनले सरकारले न्यायालय, मानवअधिकार आयोग, प्रेसलगायतका स्वतन्त्र निकायलाई हस्तक्षेप गरी आफूअनुकूलका काममा लगाउने गरी विधेयक ल्याएको समेत आरोप लगाए ।
उनले बुद्धजन्मस्थल रुपन्देही जिल्लाबाट पार्टीमा एकताको सुरुआत भएको बताउँदै पार्टी्भित्र अन्तरघात गर्नेलाई कारवाही गरेर भए पनि घातप्रतिघातको अन्त्य हुने बताए ।

Kamana Sewa

कार्यक्रममा पार्टीका महामन्त्री डा.शशांक कोइरालाले पार्टी्भित्र फुट नहुने हो भने कुनै शक्तिले पनि कांग्रेसलाई हराउन नसक्ने बताए । केन्द्रीय सदस्य तथा प्रमुख सचेतक बालकृष्ण खाँणले पार्टी सभापति देउवाको सरकारले प्रदेश नं ५ को राजधानी बुटवल तोकेको स्मरण गर्दै बुटवलबाट राजधानी सार्ने काम भए त्यसका लागि बलिदान दिनसमेत तयार रहेको बताए ।

Classic Tech Desktop

केन्द्रीय सदस्य डा.शेखर कोइरालाले नेपालको कम्युनिस्ट सरकारले मुलुकमा स्थापित संघीयतालाई असफल बनाउने काम गरेको आरोप लगाए । प्रवक्ता तथा केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले सरकार जनभावना विपरीत अगाडि बढेको आरोप लगाए ।

प्रतिकृया