• ४ साउन २०८३, सोमबार
  • १:१४ बिहान

पाँच वर्ष नै केपी जीले सरकार चलाउन सक्नुहुन्छ: प्रचण्ड

प्रकाशित मिति

२०७६ जेष्ठ १९ गते, आईतवार १२:०२

नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष प्रचण्डले पार्टी एकीकरण ताका भएको गोप्य सहमतिलाई मिडियाले फरक ढङ्गले व्याख्या गरिदिएको भन्दैं गुनासो व्यक्त गरेका छन् ।

सुनसरी क्षेत्र नं–१ का कार्यकता प्रशिक्षण तथा भेटघाट कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले सहमति जे भए पनि सहमतिमै केपी ओली नै पाँच वर्षसम्म सरकार चलाउन सक्ने बताए । ‘हामी निरन्तर संवादमा छौं । पाँच वर्ष नै केपी जीले सरकार चलाउन सक्नुहुन्छ’, दाहालले भने, “सरकार सञ्चालन हामी सहमति गरेर पाँच वर्षसम्म चलाउँछौं । मिडियाका पछि नलाग्न म अनुरोध गर्दछु ।”

Kamana Sewa

किरात राई यायोक्खा सुनसरीको आयोजनामा उभौलीको समापन गर्न धरान आउनुभएका अध्यक्ष दाहालले पहिले कार्र्यकर्तासँग १२ बजे भेटघाट गरेर उभौलीको समापन गरेका थिए ।

Classic Tech Desktop

उनले करीब पाँच मिनेट मात्र कार्यकर्तालाई सम्बोधन गर्नुभएको थियो । अध्यक्ष दाहालले पार्टीका विस्तृत कुरा बुझेर मात्रै धारणा बनाउन कार्यकर्तालाई सुझाएका थिए । उनले पार्टी एकीकरणका बाँकी रहेका विषयलाई दुई दिनभित्रमा टुङ्ग्याउने पनि जानकारी गराए ।

प्रतिकृया