• ४ साउन २०८३, सोमबार
  • २:०७ बिहान

६ महिनाभित्र काठमाडौंमा मेलम्चीको पानी

प्रकाशित मिति

२०७६ जेष्ठ १७ गते, शुक्रबार ११:३३

आगामी ६ महिनाभित्र काठमाडौंवासीले मेलम्ची खानेपानी उपभोग गर्ने भएका छन् । बाँकी रहेको कामको प्रक्रिया अघि बढेपछि काठमाडौंवासीले खानेपानी पाउने भएका हुन् । योजनाले मेलम्ची खानेपानीका लागि आज टेन्डर गर्दै छ । आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले जतिसक्यो छिटो पानी ल्याउने प्रयास गरिने बताए । ‘छिटोमा ६ महिना ढिलोमा एक वर्षमा मेलम्ची काठमाडौं आउँछ,’ कार्यकारी निर्देशक कँडेलले राजधानीसँग भने ।
आर्थिक संकट परेको भन्दै इटालियन कम्पनी सीएमसीले काम छोडेपछि अलपत्र बनेको मेलम्ची खानेपानी आयोजना रोकिएको काम अब भने अघि बढ्न लागेको छ । त्यसका लागि सरकारले आर्थिक वर्ष २०७६÷७७ को बजेटमा मेलम्चीका लागि ७ अर्ब ३९ करोड बजेट विनियोजन गरेपछि मेलम्चीले गति लिने भएको हो । यसको बाँकी रहेको कामलाई टुक्र्याएर ठेक्का लगाइने भएको छ ।
सरकारले नीति तथा कार्यक्रममा पनि एक वर्षभित्र मेलम्चीको पानी ल्याउने बताएको छ । सार्वजनिक खरिद नियमावलीको १४५ अनुसार कामको प्रकृतिअनुसार विभिन्न प्याकेज बनाएर ठेक्का लगाइने आयोजनाले जनाएको छ ।

‘ऐनको दफा ६६ बमोजिम खरिद गर्दा सार्वजनिक निकायले खरिदको आवश्यकताको लिखित विवरण, गुणस्तर, परिमाण, शर्त र कार्य सम्पन्न गर्ने अवधिलगायतका विवरण तयार गरी आकस्मिक परिस्थितिको सामना गर्न आवश्यक परिमाण र समयावधिका लागि मात्र यथासम्भव प्रतिस्पर्धा गराई वा एउटा मात्र निर्माण व्यवसायी, आपूर्तिकर्ता, परामर्शदाता वा सेवा प्रदायकसँग लिखित दरभाउ वा प्रस्ताव लिई स्वच्छ र उचित मूल्यका लागि वार्ता गरी खरिद गर्नुपर्नेछ,’ भन्ने दफा १४५ मा उल्लेख छ । सीएमसीले गत २ पुसमा कम्पनी आर्थिक संकटमा परेको भन्दै ठेक्का तोड्दै काम छाड्ने निर्णय गरेको थियो । त्यसयता आयोजनाको काम पूर्णरूपमा प्रभावित भएको छ । त्यसपछि मात्रै सरकारले सीएमसीसँग ठेक्का तोड्ने निर्णय गरेको थियो ।

Kamana Sewa

प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले पेस गरेको गत आर्थिक वर्षको बजेटमार्फत सरकारले बजेट विनियोजन गर्दै बाँकी रहेको काम अघि बढाउने घोषणा गरेको हो । सो कामको जिम्मा आयोजना सञ्चालक समितिलाई दिइएको छ । अर्थमन्त्री खतिवडाले बिहीबार आयोजना गरेको बजेट समीक्षा कार्यक्रममा बोल्दै मेलम्ची खानेपानी आयोजनाको काम समयमा पूरा नभएकाले यस वर्षको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न असक्षम रहेको बताए । मन्त्री खतिवडाले चालू वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएका थिए । तर, ७ प्रतिशत मात्र वृद्धिदर हासिल भएको छ ।

Classic Tech Desktop

त्यसैगरी, ८८५ मिटर सुरुङमा ढलान गर्न बाँकी रहेको आयोजनाले जनाएको छ । त्यस्तै, सुन्दरीजलबाट सिन्धुकोबीच र सिन्धुबाट ग्याल्थुमबीचको ‘भ्यान्टिलेसन’ ड्रिल गर्न बाँकी छ । सुन्दरीजलको सुरुङको आउटलेटबाट प्रशोधन केन्द्रसम्म पानी लान जीआई पाइप राख्ने काम पनि बाँकी रहेको आयोजनाको भनाइ छ ।
आयोजनाअन्तर्गत सिन्धुपाल्चोकको अम्बाथानबाट काठमाडौंको सुन्दरीजलसम्मको २७ दशमलव ५ किलोमिटर सुरुङ मार्गमध्ये ४१० मिटरको अन्तिम फिनिसिङ हुन बाँकी रहेको आयोजनाले जनाएको छ । जसमा सुरुङभित्रको हावा जान बनाइन लागेका तीन भ्यान्टिलेसनमध्ये अहिलेसम्म एउटा मात्रै बनेको छ भने दुईवटा अझै बन्न बाँकी रहेको छ ।

प्रतिकृया