• २३ भदौ २०८३, मंगलबार
  • १०ः२७ बिहान

नेपाल आइपुगे १५० प्रजातिका घुमन्ते चरा

प्रकाशित मिति

२०७६ जेष्ठ १७ गते, शुक्रबार ०९:५२

 

National Life

श्रीलङ्काबाट नेपाल आएका स्वर्गचरीको जोडी यतिबेला नेपालमा बचेरा स्याहार्दै छन् । वसन्त ऋतुको आगनमसँगै नेपाल भित्रिएका चराले नेपालमा अण्डा कोरल्दै बचेरा हुर्काउँदै छन् । चितवन राष्ट्रिय निकुञ्ज तथा त्यस्तै वातावरण भएको आसपासका वनमा स्वर्गचरीका भालेपोथीले आफ्ना बचेरा कोरलेका हुन् ।

“पर्यटकीय नगरी सौराहाका विभिन्न होटलका बगैँचामा पनि धेरैले गुँड लाएका छन्,” चराविद् बासु बिडारीले भने, “निकुञ्जको सुकेभार जङ्गलमा अझ बढी गुँड भेटिएका छन् ।”

Classic Tech Mobile
Classic Tech Desktop

लामो सेतो वा खैरो रङ्गको पुच्छरसँगै सुन्दर आकृतिको स्वर्गचरी साँच्चैको स्वर्गबाट आएझैँ देखिने बिडारी बताउँछन् । बच्चा हुर्काउन न्यानो मौसमको खोजी गर्दै यो सिजनमा धेरै चरा नेपाल भित्रिने गर्छन् । कतिपय चरा भने फरक मौसमको अनुभूत गर्न नेपाल आउने गरेको चराविद्को भनाइ छ । सुनचरी र स्वर्गचरीले आफू अनुकूलको वातावरण पाउनासाथै बच्चा कोरल्न थाल्छन् ।

गोमायु महाचिल चाइना, रुस र पूर्वी एसियाबाट नेपाल भित्रिसकेको चराविद् तुलसी सुवेदीले बताउँछन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिकृया