• ३ साउन २०८३, आइतबार
  • ३:४६ बेलुका

‘केजीएफ’ को अपार सफलतापछि,केजीएफ २’को निर्माण गर्दे !!

प्रकाशित मिति

२०७६ जेष्ठ १६ गते, बिहीबार ११:४१

बलिउड चलचित्र ‘केजीएफ’ को अपार सफलतापछि यसका निर्माण टिमले ‘केजीएफ २’को निर्माण गर्ने भएका छन् । यशको मुख्य भूमिका भएको कन्नड फिल्म ‘केजीएफ’ च्याप्टर १ को सिक्वेल ‘केजीएफ २’को अहिले धमाधम छायांकन सुरु भइसकेको छ ।

‘केजीएफ’ ले बक्स अफिसमा बम्पर कमाइ गरेपछि ‘केजीएफ २’ को लागि निर्माण टिमले ठूलो योजना अघि बढाएको छ । फिल्ममा बलिउड अभिनेत्री रवीना टण्डनलाई अभिनयका लागि अनुबन्धित गरिएको छ । तर, फिल्ममा उनले कुन भूमिका निर्वाह गर्न लागेको बारे भने कुनै खुलासा गरिएको छैन ।

Kamana Sewa

यस सिक्वेल फिल्म पहिलो पार्टभन्दा हरेक हिसाबले फरक र उत्कृष्ट हुने भएको छ । प्राप्त जानकारी अनुसार, ‘केजीएफ २’ मा रवीनाले भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको भूमिका निभाउन सक्ने चर्चा चलेको छ ।

Classic Tech Desktop

निर्माण टिमले फिल्मका लागि रवीनाको यो रोल निकै महत्त्वपूर्ण रहेने बताइएको छ । ठूलो बजेटमा निर्माण हुने यस पिरियड ड्रामालाई प्रशान्त नीलले निर्देशन गरिरहेका छन् । ‘केजीएफ’ बाट राम्रो नाम कमाएका यशलाई फेरि ‘केजीएफ २’ मा हेर्न पाउने भएको छ ।

फिल्ममा रवीनाका साथै सञ्जय दत्तको नाम पनि बाहिरिएको छ । तर, उनको भूमिकाको बारे र उनी फिल्ममा अनुबन्धित भइसकेको बारे कुनै पनि खबर बाहिरिएको छैन । ‘केजीएफ २’ आउँदो वर्ष प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

प्रतिकृया