• ४ साउन २०८३, सोमबार
  • ६:५१ बेलुका

रंगशाला निर्माणस्थलको बार भत्काएको आरोपमा १६ पक्राउ

प्रकाशित मिति

२०७६ जेष्ठ १६ गते, बिहीबार ०९:५५

चितवन । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा सुरक्षाका लागि लगाइएको जस्तापाता सहितको बार भत्काउने १६ जना पक्राउ परेका छन् ।
जस्ताको बार भत्काउने मुख्य योजनाकार प्रकाश कँडेल पक्राउ परेका छन् ।
बुधबार बिहान भत्काइएको बार सडक विस्तार गर्ने सम्बन्धमा असन्तुष्ट पक्षले उक्त घटना गराएको अशंकामा उनीहरुलाई पक्राउ गरिएको हो ।साथै बार भत्काउन प्रयोग गरिएको डोजर समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
अराजक व्यक्तिहरुले उक्त घटना गराएको भन्दै केही स्थानीयले भने दोषीलाई पक्राउ गरी कारबाही गर्दै स्थानीय प्रशासनलाई दवाव समेत दिएका थिए ।
यसैबीच, धुर्मुस–सुन्तली फाण्डेशनले रंगशाला निर्माणको कार्य स्थगित गरेको छ । सुरक्षाको कारण देखाउँदै फाउन्डेसनले तत्कालका लागि निर्माण कार्य स्थगित गरेको त्यसका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले जनाएका छन् ।
चितवनमा निर्माणाधीन अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा लगाइएको झण्डै एक किलोमिटर बार कँडेलसहितका केही स्थानीयले बुधबार भत्काइदिएका थिए । उनीहरुले रंगशाला निर्माणको लागि लगाइएको जस्ताको बार मात्रै नभई कृषि तथा वनविज्ञान विश्वविद्यालयले लगाएको तारको जालीसमेत भत्काएका छन् । त्यस वरपरका रुखहरू ढलाएका छन् ।

प्रतिकृया