• २१ असोज २०८३, बुधबार
  • २ः३७ दिउँसो

उत्तर कोरियाली स्त्री चीनको यौन व्यवसायमा सामेल हुन बाध्य

प्रकाशित मिति

२०७६ जेष्ठ १४ गते, मंगलवार ०२:१४

 

National Life

जेठ , एजेन्सी । लन्डनमा रहेको एक अधिकारवादी समूहले प्रकाशित गरेको ताजा विवरण अनुसार हजारौँ उत्तर कोरियाली महिला तथा बालिकाहरूलाई चीनमा यौन व्यवसायमा सामेल हुन बाध्य पारिएको छ।
लन्डनस्थित कोरिया फ्युचर इनिसियटिभ नामक समूहका अनुसार उत्तर कोरियालीहरूलाई अपहरण गरिन्थ्यो र यौनकर्मीका रूपमा बेचिन्थ्यो वा चिनियाँ पुरुषसँग बिहे गर्न बाध्य पारिन्थ्यो।

आफ्नो प्रतिवेदन पीडितहरूबाट सङ्कलन गरिएका विवरणमा आधारित भएको बताउने समूहले उक्त बेचबिखनको कारोबार आपराधिक संगठनहरूका लागि वार्षिक दश करोड डलर बराबरको रहेको बताएको छ। उसका अनुसार अधिकांश मामिलामा ती महिला फस्ने गर्थे किनकि भेट्टाउनासाथ चीनले उत्तर कोरियालीलाई स्वदेश फर्काइदिने गर्छ जहाँ उनीहरू यातना खेप्न बाध्य हुन्छन्।

Classic Tech Mobile
Classic Tech Desktop

“पीडितहरूलाई जम्मा ३० युआन वा करिब सवा चार डलर मा यौन व्यवसायमा लगाइन्छ भने जम्मा एक हजार युआनमा पत्नी बनाएर बेचिन्छ। उनीहरूलाई विश्वव्यापी अनलाइन दर्शकका निम्ति साइबर यौन सञ्चालकहरू कहाँ र्पुयाइन्छ ।
प्रतिवेदनका अनुसार आफ्नो देश छाडेको वर्ष्दिनभित्र तिनलाई कुनै न कुनै किसिमको यौन दासीको रूपमा काम गर्न बाध्य पारिन्छ। कतिपयलाई एकपटक भन्दा धेरै पटक बेचिन्छ।
धेरै आप्रवासी कामदारको सङ्ख्या भएको चीनको उत्तर९पूर्वी क्षेत्रमा रहेका वेश्यावृत्ति गराइने ठाउँहरूमा अधिकांशलाई दासको रपमा राखिन्छ।

साइबर यौन उद्योगका लागि ती महिला तथा ९ वर्ष उमेर सम्मका बालिकालाई वेब क्यामेराको सामुन्ने यौन कार्य गर्न बाध्य पारिन्थ्यो। ती दृश्यका ग्राहक खासगरि दक्षिण कोरियाली हुने गरेको ठानिन्छ। बिहे गर्न बाध्य पारिएका महिलाहरूलाई खास गरेर ग्रामीण भेगमा बेचिन्छ जहाँ तिनलाई तिनका पतिले बलात्कार तथा दुर्व्यवहार गर्छन्।
उक्त समूहले चीनमा रहेका पीडित तथा दक्षिण कोरियामा पुगेका पीडितहरूबाट यी जानकारी सङ्कलन गरेको बताएको छ। –बिबिसी

प्रतिकृया