• ३ असोज २०८३, शनिबार
  • १२ः१९ दिउँसो

विश्वकपमा भारतको चुनौती स्टार खेलाडीको प्रदर्शन

प्रकाशित मिति

२०७६ जेष्ठ १४ गते, मंगलवार १२:४६

जेठ १४ ।
दुई पटक विश्वकपको उपाधि जितिसकेको भारत सँधै हेविवेट टिमका रुपमा गनिँदै आएको छ । यो वर्षपनि भारतको छवी पूरानै खालको छ ।
यो संस्करणमा विराट कोहलीको कुशल नेतृत्वमा भारतले इंग्ल्याण्डको यात्रा तय गरेको छ । ब्याटिङ भारतको मुख्य हतियार हो । तर, उनीहरुसँग बलिङका विकल्पहरु पनि यथेष्ट मात्रामा छन् । कोहलीले नेतृत्व गरेपनि महेन्द्र सिंह धोनीको अनुभव भारतीय टिमको सबैभन्दा बलियो पक्ष हुनेछ ।

National Life

आफ्नो नेतृत्वमा एउटा विश्वकप जिताइसकेका धोनीले चौथो विश्वकप खेल्दैछन् । टिमले विश्वकप जित्नु आफ्नो ठाउँमा छ । तर, भारतीय टिमलाई समर्थकको चरम दबाब रहने गर्दछ । क्रिकेटमा ‘पागल’ हुने भारतीय समर्थकका लागि पनि मैदानमा उत्रिने खेलाडीले उत्कृष्ट प्रदर्शन गर्नु पर्ने दबाब छ । इंग्ल्याण्डजस्तै भारतलाई पनि यो संस्करणमा दाबेदारका रुपमा हेरिएको छ । कोहलीको उच्चस्तरीय प्रदर्शन भारतीय ब्याटिङको बलियो पक्ष हुनेछ । आफ्ना समर्थकको अपेक्षाका बारेमा कोहली राम्रैसँग परिचित छन् ।

भारत सेमिफाइनलसम्म नपुगेको अवस्थामा समर्थकबाट धेरै प्रश्नहरु आउन सक्छ । भारतीय समर्थक यतिसम्म पागल छन् की कुनै खेलाडीले खराब प्रदर्शन गरेमा उनीहरुको घरमा तोडफोड गर्न पनि पछि पर्दैनन् । यो अघिल्ला घटनाहरुले समेत देखाइसकेको छ । टिमका कप्तान विराट कोहली सबैभन्दा महत्वपूर्ण हतियार हुन् । ब्याटिङतर्फ उनकै प्रदर्शनका लागि भारतलाई प्रमुख दाबेदारको रुपमा हेरिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

यो युगका सबैभन्दा उत्कृष्ट ब्याट्सम्याचका रुपमा उनलाई हेरिएको छ । विराटसँगै भारतीय टिममा रोहित शर्मा, शिखर धवन र केएल राहुल जस्ता विस्फोटक ब्याट्सम्यान पनि छन् । बलिङतर्फ जस्प्रित बुम्राह भारतीय टिमका मुख्य हतियार हुन् । बलिङमा उनको तीब्रता, तीक्ष्णता र विविधताका कारण विपक्षी टिमका लागि खतरनाक बन्न सक्नेछन् । उनको योर्कर ब्याट्सम्यानलाई खेल्न निकै कठिन हुने गर्दछ ।

विश्व वरियतामा ब्याटिङतर्फ कोहली पहिलो नम्बरमा छन् भने बलिङतर्फ बुम्राह शीर्ष स्थानमा छन् । भारतले जुन ५ मा दक्षिण अफ्रिकाविरुद्धको खेलबाट यो विश्वकप अभियान शुरु गर्नेछ । त्यसपछि जुन ९ मा अष्ट्रेलिया, १३ मा न्यूजिल्याण्ड, १६ मा पाकिस्तान, २२ मा अफगानिस्तान, २७ मा वेष्ट इण्डिज, ३० मा इंग्ल्याण्ड, जुलाई २ मा बंगलादेशसँग र ६ मा अफगानिस्तानसँग खेल्नेछ । भारतीय टिम विराट कोहली, रोहित शर्मा, शिखर धवन, केएल राहुल, विजय शंकर, महेन्द्र सिंह धोनी, केदार जादव, दिनेश कार्तिक, युज्भेन्द्र चाहाल, शिखर धवन, रवीन्द्र जडेडा, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या, मोहम्मद शामी, कुलदिप यादव प्रशिक्षकः रवि शास्त्री

प्रतिकृया