• १ असोज २०८३, बिहीबार
  • ७ः४४ बेलुका

सवारी चालक र आउटराइडर्स उन्नत तालिम संचालन

प्रकाशित मिति

२०७८ बैशाख ८ गते, बुधबार ०९:१७

काठमाडौँ: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालयकाे सवारी महाशाखामा संचालित १४ औं समूहको सवारी चालक उन्नत (यान्त्रिक ज्ञान) तालिम मंगलबार समापन भएको छ ।

National Life

तालिम समापनका अवसरमा आयोजित एक कार्यक्रममा सोही महाशाखाका प्रहरी
वरिष्ठ उपरीक्षक ई.नरोत्तम लाल प्रधानले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरेका िथए ।

सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक प्रधानले सवारी साधनमा आएका समस्या समाधानका लागि तालिममा सिकेका ज्ञान, सिपलाई व्यवहारमा लागू गर्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिएका छन् । साथै कोरोनाको संक्रमणकालिन अवस्थामा आफ्नो सुरक्षालाई मध्यनजर गरी काम गर्नुपर्ने उनले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

गत फागुन २५ गतेदेखि संचालित उक्त तालिममा प्रहरी सहायक निरीक्षक ३ जना, प्रहरी हवल्दार ७ जना र प्रहरी जवान २० जना गरी कूल ३० जना प्रशिक्षार्थीहरुले तालिम हाँसिल गरेको तालिम संयोजक प्रहरी निरीक्षक अनुप श्रेष्ठले जानकारी दिएका छन्  ।

यस्तैगरि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय  सवारी महाशाखामा ९औं समूहको मोटरसाइकल आउटराइडर्स उन्नत तालिम मंगलबारबाट सुरु  भएको छ ।

उक्त तालिमको प्रहरी उपरीक्षक ई.दिनेश केसीले सोही महाशाखामा आयोजित
कार्यक्रममा उद्‍घाटन गरेका िथए । जम्मा १६ कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी नायव निरीक्षक २ जना, प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हवल्दार ९ जना र प्रहरी जवान १८ जना गरी कूल ३० जना प्रशिक्षार्थीहरू सहभागी रहेको तालिम संयोजक प्रहरी नायव उपरीक्षक ई।कमलेन्द्रलाल कर्णले जानकारी दिएका छन्  ।

प्रतिकृया