• २९ भदौ २०८३, सोमबार
  • ८ः३४ बिहान

‘नविल जेन–एन’ खाता प्रविधिमा नयाँ आयाम, २ जीबी डाटासँगै पाइन्छ यस्ता सुविधा

प्रकाशित मिति

२०७७ चैत्र २८ गते, शनिबार ०५:५३

काठमाडौं  : नविल बैंकले गत वर्षदेखि संचालनमा ल्याएको ‘नविल जेन–एन ’ बचत खाता लोकप्रिय बनेको छ । बैंकले नयाँ सोच र नयाँ जोस बोकेका प्रबिधिमैत्री व्यक्तिहरुलाई लक्षित गरेर ‘नविल जेन–एन’ बचत खाता संचालनमा ल्याएको थियो ।

National Life

ग्राहकलाई डिजिटल बैंकिङ्गको अभ्यास गराउन यस्ता प्रकारका खाताले सहयोग गर्ने भएकाले ‘नविल जेन–एन’ संचालन ल्याइएको बैंकले जनाएको छ ।  यस खाता खोल्ने ग्राहकले एनटीसी र एनसेलको २ जीबी डाटा प्याकको विशेष सुविधाका साथसाथै मोबाइल बैकिङ्ग, निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्डको पनि सुविधा पाउने बैंकले जनाएको छ ।

यस बचत खाताको लोकप्रियता बढेसँगै बजारमा यसै प्रकारका खाताहरु संचालनमा आएको हुनाले मिल्दो जुल्दो नाममा नझुक्किन बैंकले आफ्ना ग्राहकहरुलाई आग्रह समेत गरेको छ । साथै बैंकले यस खाता संचालनमा आएसँगै हालसम्म १ लाख भन्दा धेरै ग्राहक यस बचत खातामा सहभागि भएको पनि बैंकले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया