• १० असोज २०८३, शनिबार
  • ९ः४९ राती

कुवेतका अलमुताइरी नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षक

प्रकाशित मिति

२०७७ चैत्र २२ गते, आईतवार ०३:०९

काठमाडौँ: अखिल नेपाल फुटबल सं(एन्फाले कुवेतका अब्दुल्लाह अलमुताइरीलाई नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षक नियुक्त गरेको छ। अलमुताइरी प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुन्।

National Life

 

एसियाली फुटबल महासंघले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक हुन प्रो लाइसेन्स प्राप्त गरेको हुनुपर्ने व्यवस्था गरेपछि एन्फाले अलमुताइरीलाई नियुक्त गरेको हो। उनी कतार फुटबल संघको सहयोगमा गत थ्रि नेसन्स कप अघि नेपाल आईपुगेका थिए। उनले कुवेतसहित कतार,किर्गिस्तान,साउदी अरेबियालगायत देशमा विभिन्न टोलीलाई प्रशिक्षण गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

 

एन्फाले अलमुताइरीलाई एक वर्षको लागि नियुक्त गरेको छ। यसअघि बालगोपाल महर्जनले नेपाली टोली सम्हाल्दै आएका थिए। अलमुताइरीको प्रशिक्षणमा नेपालले अब विश्वकप छनोटका बाँकी खेलहरु खेल्ने छ।

प्रतिकृया