सम्भवतः छिट्टै नयाँ सरकार बन्छ, तपाईंहरु सबैलाई बधाई भन्न चाहन्छु: प्रचण्ड
प्रकाशित मिति
२०७७ चैत्र २१ गते, शनिबार ०५:५०
काठमाडौँ: पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेर नयाँ सरकार गठनका लागि पहल पर्ने निर्णय गरेपछि देशको राजनीतिले कोल्टे फेरेको बताएका छन्। शनिबार कपिलवस्तुमा आयोजित जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। उनले अब छिट्टै नयाँ सरकार बन्ने बताए।
उनले भने, ‘नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीको तत्काल राजीनामा माग गरेपछि र अर्को सरकार गठनको निम्ति पहल गर्ने निर्णय गरेपछि देशको राजनीतिक परिस्थितिले कोल्टे फेरेको छ। म तपाईंहरु सबैलाई पनि बधाई भन्न चाहन्छु। सम्भवतः छिट्टै नयाँ सरकार बन्नेछ। नयाँ परिस्थिति बन्नेछ।’ नेपाली जनताको ७० वर्ष लामो संघर्षबाट प्राप्त उपलब्धीहरु केपी ओलीले खोस्न खोजेको प्रचण्डको आरोप छ।
उनले ओलीलाई हिटलरसँग तुलना गर्दै भने, ‘नेपालमा केपी ओली आफूलाई राष्ट्रवादी भनेर फाँसीवादतर्फ अघि बढे। दुश्मनको एजेन्टका रुपमा राजा महाराजाको पदचिह्न पछ्याएर प्राप्त उपलब्धी उल्ट्याउने षड्यन्त्र भयो।’ ओली प्रतिक्रियावादी र सामन्ती तत्वको एजेन्टको रुपमा अघि बढेको उनले आरोप लगाए।






प्रतिकृया