• २७ भदौ २०८३, शनिबार
  • १०ः५९ बिहान

भन्सार छलि लैजान लागेको सुन सहित पक्राउ

प्रकाशित मिति

२०७७ चैत्र २१ गते, शनिबार ०५:२२

काठमाडौं : लुकाई छिपाई भन्सार छलि लैजान लागेको करिब ५१६.७२० ग्राम सुनको वाला १ थान र विस्कुट आकारको ४ थान सहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

National Life

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक घर भएका विष्णु बहादुर भण्डारी र  काभ्रेपलाञ्चोक मण्डन देउपुर नगरपालिका-१का ५६ वर्षीय कमलकृष्ण केसी रहेका छन् ।

फ्लाई दुवाईको उडानद्वारा दुवईबाट काठमाडौं आएका विष्णु बहादुरलाई भन्सार
कार्यालय र विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको धातु सहित फेला पारी पक्राउ गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

थप अनुसन्धानको क्रममा कमलकृष्ण उक्त धातु संकलन गर्न आएको खुल्न आएपछि अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट कमलकृष्ण समेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिकृया