• २ असोज २०८३, शुक्रबार
  • ९ः१९ बिहान

प्रतिनिधिसभा बैठकमा एमाले सांसद शान्ता चौधरीको प्रश्न– कस्तो संस्कार हो हाम्रो, कस्तो बुझाइ हो हाम्रो ?

प्रकाशित मिति

२०७७ चैत्र १८ गते, बुधबार ०१:५१

काठमाडौं : नेकपा एमालेकी सांसद शान्ता चौधरीले सरकारका राम्रा कामलाई नदेख्ने, जहिले पनि विरोधमात्र गर्ने गरिएको भन्दै आपत्ति जनाएकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा उनले सरकारको आलोचना गर्नेहरुप्रति लक्षित गर्दै भनिन्, ‘सरकारको असंवैधानिक कदमप्रति विरोध गरेको भन्दै हुनुहुन्छ, प्रतिगमनविरुद्ध आफूहरुले आन्दोलन गरिरहेको भन्दै हुनुहुन्छ । जनताका बीचमा जाने कुरा असंवैधानिक र प्रतिगमन हुन्छ र ?’

National Life

 

विरोध गर्नका लागिमात्र विरोध गरिएको हो कि, सरकारले गरेका कामहरु पटक्कै नदेख्ने प्रवृत्ति बढेको उनको भनाइ थियो । ‘राम्रा कामहरुका बारेमा पनि बोल्नु प¥यो नि १’ उनले भनिन्, ‘कस्तो संस्कार हो हाम्रो, कस्तो बुझाइ हो हाम्रो रु कस्तो दोषी आँखाले हेरिरहेका छौं ?’

Classic Tech Mobile
Classic Tech Desktop

 

तीन दशकपछि मेलम्ची पानी काठमाडौं सहरमा झरेको भन्दै उनले भनिन्, ‘सायद यसको पनि विरोध गर्नुहुन्छ होला केही मित्रले, देश सुरुङ मार्गमा प्रवेश गरेको छ, यसको पनि विरोध गर्ने रु’ विद्रोही शक्तिलाई सरकारले वार्ताको टेबुलमार्फत शान्तिको बाटोमा ल्याएको चर्चा गर्दै गर्दै उनले इतिहासमा यो सरकारले सबैभन्दा ठुलो उपलब्धि हासिल गरेको दावी गरिन् ।

प्रतिकृया