• २७ भदौ २०८३, शनिबार
  • ७ः५७ बेलुका

माधव नेपाल पक्षका नेताहरु आन्तरिक छलफलमा जुट्दै

प्रकाशित मिति

२०७७ चैत्र १७ गते, मंगलवार १०:५५

काठमाडौं:  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भीम रावललाई निलम्वन गरेपछि नेपाल पक्षका नेताहरु आन्तरिक छलफलमा जुट्दैछन् ।

National Life

 

उनीहरु मध्याह्न १२ बजेपछि छलफलमा जुट्न लागेका हुन् । छलफलको स्थान भने खुलाइएको छैन ।नेपाल पक्षका एक नेताले भने, ‘पछिल्लो परिस्थितिमा कसरी अगाडि बढ्ने भनेर छलफल गर्न लागिएको हो ।’

Classic Tech Mobile
Classic Tech Desktop

 

अनुशासन विपरीत गतिविधि गरेको भन्दै ओलीले नेपाल र रावललाई ६ महिनाका लागि पार्टीबाट निलम्वनको निर्णय गरेका छन् ।

 

एमाले अध्यक्ष ओलीको कदमको प्रतिवाद गर्दै आएको झलनाथ खनाल र माधव नेपाल पक्षले यसअघि नै समानान्तर कमिटी गठन गर्ने निर्णय गरेको छ । साथै नेपालले ओलीको निर्णयलाई स्वेच्छाचारी भन्दै प्रतिवादमा उत्रिन पनि कार्यकर्ताहरुलाई आह्वान गरेका छन् ।

प्रतिकृया