• २६ भदौ २०८३, शुक्रबार
  • १०ः०३ राती

तराई–मधेस द्रुतमार्ग विवादः खोकना छाडेर निजगढतर्फ काम

प्रकाशित मिति

२०७७ चैत्र १५ गते, आईतवार ०७:३६

काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयोजना विवाद नभएको क्षेत्र केन्द्रित भएको छ । द्रुतमार्गअन्तर्गत ललितपुरको खोकनातर्फ मुआब्जा विवाद सुल्झाउन गाह्रो परपछि निजगढतर्फ काम अगाडि बढाइएको हो।

National Life

 

सडक विस्तारलेखोकनाकोसांस्कृतिक सम्पदा र संस्कृति मासिने भन्दै विरोध भइरहेको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको द्रुतमार्गमा अहिले वाल लगाउने र बक्स कल्भर्ट निर्माणको काम सकिएको आयोजनाले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

केही भागमा निर्माणकोकाम जारी छ । खोकनातर्फको विवाद समाधान नहुँदासम्म आयोजना निजगढबाट काठमाडौंतर्फको २२ किलोमिटर क्षेत्रको काममा केन्द्रित हुने भएको छ । निर्माणका काम अघि बढाउन दुई चरणकोकार्ययोजना रहेको आयोजनाका कार्यान्वयन तथा अप्रेसन प्रमुख विश्वबन्धु पहाडीले बताए ।

 

‘पहिलो चरणमा सुरु बिन्दु खोकना हुँदै काठमाडौं– मकवानपुर–बारा जिल्लासम्मको ७२।५ किमि सडकमा पहाड कटिङ र माटो फिलिङको काम सकिएको छ, केहीमा हुँदै छ,’ उनले भने, ‘वाल, बक्स कल्भर्ट, बेलिब्रिजलगायत संरचना पनि निर्माण गरिएका छन्।’ पहुँचमार्गसँग जोड्ने गरी बेलिब्रिज निर्माण गरिएको हो। सेनाले काम गर्न सक्ने क्षेत्रमा आफ्नै जनशक्ति प्रयोग गररे काम गरको े उनले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा विमल खतिवडाले लेखेका छन् ।

प्रतिकृया