• १४ असोज २०८३, बुधबार
  • ३ः०३ दिउँसो

महालक्ष्मी नगरपालिकाका प्रमुखको अपिल, ‘लकडाउनको एक वर्षः कोरोना महामारीमुक्त भएका छैनौं’

प्रकाशित मिति

२०७७ चैत्र ११ गते, बुधबार ०३:१८

ललितपुर : ललितपुरको महालक्ष्मी नगरपालिकाले कोरोनाको एक बर्ष पुग्दा पनि महामारी मुक्त नभएकोले संयम र सचेत रहन आफ्ना नागरिकलाई अपिल गरेको छ। नगरपालिकाले एक विज्ञप्ती जारी गर्दै यस्तो अपिल गरेको हो।

National Life

छिमेकी मुलुक भारतमा फेरि कोरोना संक्रमण बढ्न थालेसँगै नेपालमा समेत त्रास बढेको छ । गत वर्ष पनि भारतमा संक्रमण फैलदा त्यसको असर तत्कालै नेपालमा परेको थियो । पुनः भारतमा संक्रमण वृद्धि भएसँगै नेपालमा सतर्कता अपनाउन जरुरी छ । सबै सरकारी तथा गैर सरकारी कार्यालय, विश्वविद्यालय,  विद्यालय, कलकारखाना र सार्वजनिक सवारी साधनमा धेरैभन्दा धेरै स्वास्थ्य सुरक्षा सावधानी अपनाउनुपर्ने देखिन्छ । सबै नागरिकले आफ्नो कर्तव्य सम्झिएर जनस्वास्थ्य मापदण्ड पालना गर्न जरुरी छ , विज्ञप्तीमा भनिएको छ।

नागरिकहरुमा कोरोना खोप आएपछि महामारी सकिएकोजस्तो आचार–विचार र व्यवहार हुन थालेको छ । खोप लगाउँदैमा शतप्रतिशत सुरक्षित हुँदैन । संक्रमण हुने र अरूलाई सार्ने सम्भावना कायमै हुन्छ । नयाँ संक्रमित मात्र होइन, खोप लगाएका व्यक्तिमा पनि पुनः संक्रमण हुन सक्ने भन्दै कोरोना विरूद्धको खोप लगाइकाहरूले समेत अनिवार्य रुपमा जनस्वास्थ्य सुरक्षाको पालना गर्न अनुरोध गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया