• २२ भदौ २०८३, सोमबार
  • ९ः३० राती

वर्षालाई संजोगले भने, ‘म कठिन समयमा तिमीलाई माया गर्नेछु’

प्रकाशित मिति

२०७६ जेष्ठ २० गते, सोमबार ०३:१३

नायिका वर्षा राउत फिल्म ‘जात्रै जात्रा’को विशेष शोमाका लागी अहिले अष्ट्रेलियामा छिन् ।

National Life

उक्त फिल्मको विशेष शोमा उनले लगाएको पहिरनको धेरै नै ट्रोल भएको छ । वर्षा राउतले गतबर्षको फागूणमा मात्र नायक संजोग कोइरालासँग बिबाह गरेकी हुन् ।

उनका श्रीमान् संजोग कोइरालाले फेसबुकमा स्टाटस लेख्दै भनेका छन, म तिमीलाई जस्तोसुकै परिस्थितीमा पनि आनन्दित तुल्याउनेछु र एकसाथ हाम्रो समय अगाडि बढाउनेछु ।’ संजोगले अन्तिममा लेखेका छन्–‘तिमी सधै सही कुरा भन्न र गर्न सक्दिनौ, यो ठिक छ । तिमी यहाँ पूर्ण हुनका लागि होइन, वास्तविक हुनका लागि छौ ।’

Classic Tech Mobile
Classic Tech Desktop

म तिमीलाई प्रोत्साहन गर्छु, सम्मान गर्छु । म तिमीलाई साथ दिन्छु र तिम्रो लडाइमा छेउमै उभिनेछु । म संघर्ष र कठिन समयमा पनि तिमीलाई माया गर्नेछु ।

प्रतिकृया