• ४ साउन २०८३, सोमबार
  • १:५८ बिहान

नायक राजिब जङ्ग बस्नेत एक्सन फिल्मलाई प्राथमिकता दिँदै

प्रकाशित मिति

२०७६ जेष्ठ २० गते, सोमबार ०१:२३

गौरब निरौला । फिल्म रिलिज नहुदै एक्सन फिल्मको लागी नायक राजिब जङ्ग बस्नेतलाई प्रशस्तै अफर आएको छ । यसको कारण हो एक्सन फिल्ममा नयाँपन दिनु । नायक बस्नेतले हालसम्म तिनवटा चलचित्रमा अभिनय गरेका छन ।

नायक तथा समाजसेवी बस्नेत स्टयालिस्ट पोज दिन सक्ने , लुक्स राम्रो भएको र एक्सनमा नयाँ गति परिवर्तन गर्ने खालका ब्यक्तित्व हुन । उनले नेपाली फिल्म इन्डस्ट्रिमा थौरै समय खर्चिए पनि अहिले उनको खुबै चुर्चा चुलिन थालेको छ ।

Kamana Sewa

हाँसो, रोदन, डर,त्राश वा रोमाञ्चकता । यी सबै मानवीय संवेदनाका पक्षहरु चलचित्रका लागि मनोरञ्जनका मसला हुन् । तर, पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा अन्य पक्षहरु गौण भएर हाँसो मात्रै हावी भइरहेको छ । कमर्सियल फिल्म भन्ना साथै सबै कमेडी जनराकै पछि कुदिरहेका छन् । यस्तो अबस्थामा नायक राजिब ले कमेडी नभई एक्सन फिल्मलाई प्राथमिकता दिएर अघि बढने सोच बनाएका हुन । जुन एकदमै प्रशंशा योग्य छ ।

Classic Tech Desktop

उनले थोरै योगदान र त्यागमा धेरै प्रशंशा कमाइसकेका छन । राजिब बस्नेतले २५ बर्ष एक्सनमा समय खर्चिएर एउटा नयाँ किर्तिमान पनि तय गरेका छन ।

अब आगामी दिनमा समाजसेवालाई साथ-साथै नेपाली फिल्म इन्डस्ट्रिलाई पनि समय दिई अगाडी बढ्ने उनले बताएका छन । अबका दिनमा उनले खुब चर्चाको शिखर चुल्ने आशा र भरोशाको प्रतिबिम्ब पनि खडा गरेका छन ।

उनले अबका याज्ञा , योगदान र परिश्रम नेपाली फिल्म इन्डस्ट्रिलाई दिने र नेपाली फिल्म इन्डस्ट्रिमा आशाको दियो जलाउने प्रतिबद्धता दिएका छन ।नव नायक राजिब जङ्ग बस्नेत समाजसेवि पनि हुन । उनले सडकमा भएका अनाथ बालबालिका सहयोग , आस ,बास,कपास,शिक्षा बाट बंचित भएका हरुलाई सेवा तथा सहयोग गर्दै आईरहेका छन ।

हाल उनि हिरो नं वान चलचित्रको छायंकनमा ब्यस्त छन ।

प्रतिकृया