• २६ भदौ २०८३, शुक्रबार
  • ११ः०३ राती

होटल तथा रेस्टुरेन्टलाई कोरोना अवधिको विद्युत् छुट

प्रकाशित मिति

२०७७ चैत्र ९ गते, सोमबार ०७:०७

काठमाडौं: सरकारले होटल तथा रेस्टुरेन्ट उद्योगलाई कोरोना अवधिको तिर्नुपर्ने विद्युत् महसुल शुल्क छुट दिएको छ । सरकारको निर्णयले बन्दाबन्दी घोषणा गरेको मिति ९ चैत २०७६ चैतदेखि २०७७ भदौ मसान्तसम्म होटल उद्योगले भुक्तानी गर्नुपर्ने विद्युत् शुल्क शतप्रतिशत मिनाहा गरिएको छ ।

National Life

 

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले होटल उद्योगको रूपमा सञ्चालन भएका उद्योगमध्ये नियमित नवीकरण गरी कर विवरण पेस गरेका होटल तथा रेस्टुरेन्टलाई शुल्क छुट दिने निर्णय भएको बताएका छन् । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले विद्युत् महसुल छुट दिने निर्णय गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

 

मन्त्रिपरिषद्ले १ असोजदेखि माघ मसान्तसम्मको विद्युत् शुल्कमा पनि ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।गत ५ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले सहन्यायाधिवक्ता श्यामकुमार भट्टराईलाई नायब महान्यायाधिवक्तामा बढुवा गरी महान्याधिवक्ताको कार्यालयमा पदस्थापन गरेको छ । यस्तै, सहसचिव तोयानाथ अधिकारीलाई बढुवा गरी सत्य निरूपण तथा मेलमिलाप आयोगको सचिवमा पदस्थापन गरेको छ ।

 

सरकारले नेपाली सेनाका प्राविधिक महासेनानी डा। सरिता केसीलाई प्राविधिक सहायक रथीमा र प्राविधिक प्रमुख सेनानी डा। मुन थापालाई प्राविधिक महासेनानीमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषद्ले नेपाल टेलिभिजनको महाप्रबन्धकमा फूलमान बल ९तामाङ०लाई नियुक्त गरेको छ । सरकार प्रवक्ता गुरुङले नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको अध्यक्षमा विनोदकुमार जोशीलाई नियुक्त गरेको जानकारी दिए ।

यस्तै, बैठकले नेपाल र बंगलादेशबीचको ट्रान्जिट रेलवे रुटको एलओई स्वीकृत गर्ने निर्णय आजको राजधानी दैनिकमा खवर छ ।

प्रतिकृया