• २२ भदौ २०८३, सोमबार
  • ९ः२७ राती

अतिक्रमण गरी बनाइएका नगरकोटका २० टहरा भत्काइयो

प्रकाशित मिति

२०७६ जेष्ठ २० गते, सोमबार १०:१५

पर्यटकीय क्षेत्र नगरकोटमा अतिक्रमण गरि बनाईएका घर टहरा भत्काउन शुरु गरिएको छ । सरकारी तथा सामूदायिक बन क्षेत्रको जग्गा अतिक्रमण गरी बनाइएका नगरकोटका टहरा डोजर लगाएर भत्काइएको हो । चाँगुनारायण नगरपालिकाबाट पटक–पटक अतिक्रमित बन क्षेत्र तथा सार्वजनिक जग्गाहरुमा अनधिकृत रुपमा बनेका घर टहरा तथा छाप्राहरु हटाउनका लागि सार्वजनिक सूचना गर्दा समेत अटेर गरि नहटाएपछि प्रहरीको सहयोगमा आइतबार नगरकोट क्षेत्रमा बनेका २० अतिक्रमित घर टहराहरु भत्काइएको चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रले जानकारी दिनुभयो ।

National Life

उहाँले जिल्ला प्रशासन कार्यालय भक्तपुर, डिभिजन बन कार्यालय भक्तपुर, चाँगुनारायण नगरपालिका भक्तपुर र भक्तपुर जिल्लास्थित सुरक्षा निकायहरुले संयुक्त प्रयासमा अतिक्रमित घर टहरा भत्काउन शुरु गरिएको जानकारी दिनुभयो ।
चाँगुनारायण नगरपालिकाले अतिक्रमण गरेर बनाएका घर टहरा स्थानीय आफैंले भत्काउन अल्टिमेटमसहितको सूचना जारी गरेको थियो । तर, नगरपालिकाको सूचनालाई स्थानीयले अटेर गरेर बसेका थिए । अतिक्रमण गरेर पसल, रेष्टुरेन्टलगायत अन्य व्यवसाय सञ्चालन गरेर बसेका स्थानीयले तत्काल टहरा नभत्काउन नगरपालिकामा ज्ञापनपत्र समेत बुझाएका थिए ।

चाँगुनारायण–६ नगरकोटस्थित सनसेट भ्यू प्वाइन्ट, गड्गडे बसपार्क क्षेत्र र कुसुम सामुदायिक वन क्षेत्रमा सामूदायिक तथा सरकारी जग्गा अतिक्रमण गरि बनाईएका २० वटा टहरा भत्काइएको जिल्ला बन कार्यालय भक्तपुरका प्रमुख प्रेम खनालले जानकारी दिनुभयो । उहाँले अतिक्रमित टहरा भत्काउने कार्य तीन चरणमा गरिने बताउनुभयो । पहिलो चरणको कार्य सम्पन्न भइसकेपछि दोस्रो चरणमा टावर मूनि र भट्टेडाँडा बजारका सरकारी जग्गामा बनेका टहरा भत्काउने र तेस्रो चरणमा खरिपाटीदेखी गड्गडेसम्मका अतिक्रमित टहरा भत्काइने प्रमुख मिश्रले जानकारी दिनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया