• २० भदौ २०८३, शनिबार
  • ३ः२८ दिउँसो

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको मूल्य प्रतिलिटर ११८ पुग्यो

प्रकाशित मिति

२०७७ चैत्र ४ गते, बुधबार १०:३७

काठमाडौ: नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले मंगलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको हो ।

National Life

अब नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ११८ पुगेको छ भने डिजेल, मट्टीतेल प्रतिलिटर १०१ पुगेको छ। यसैगरि हवाई इन्धन आन्तरिकको साविक मूल्यमा दुई रुपैयाँले वृद्धि भएको छ। अब हवाई इन्धन प्रतिलिटर ७४ रुपैयाँ पुगेको छ।

 

Classic Tech Desktop

खान पकाउने एलपी ग्यास तथा हवाई इन्धन अन्तर्राष्ट्रियतर्फको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको छ।

अझै पनि पेट्रोलमा ९ रुपैयाँ ३५ पैसा, डिजेलमा प्रतिलिटर पाँच रुपैयाँ ८० पैसा तथा खाना पकाउने एलपी ग्याासमा प्रतिसिलिण्डर ३९२ रुपैयाँ ८२ पैसा घाटा रहेको निगमको दाबी छ। जसअनुसार अर्धमासिक रुपमा निगमलाई एक अर्ब २७ करोड ७० लाख बराबरको घाटा रहेको दाबी गरिएको छ।
निगमले यसअघि फागुन ४ र १७ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।

प्रतिकृया