• २९ भदौ २०८३, सोमबार
  • ९ः५१ बिहान

आफ्नै डिजिटल मुद्रा ल्याउने तयारीमा भारतले बिटकोइन लगायतका क्रिप्टोकरेन्सी प्रतिबन्ध गर्दै

प्रकाशित मिति

२०७७ चैत्र २ गते, सोमबार ०६:१७

काठमाडौं : भारतले बिटकोइनलगायतका विभिन्न क्रिप्टोकरेन्सी प्रतिबन्ध गर्ने कानुन बनाउने भएको छ । भारत सरकारका एक उच्च अधिकारीका अनुसार क्रिप्टोकरेन्सीको व्यापार, माइनिङ र त्यस्तो डिजिटल सम्पत्ति राख्नेहरूलाई जरिवाना समेत तोकिनेछ ।

National Life

यसअघि जनवरीमा भारत सरकारले सरकारी डिजिटल मुद्रा ल्याउने एजेण्डा अघि सारेको थियो । त्यसपछि प्राइभेट क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाउने प्रक्रिया अघि बढेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

ती अधिकारीले यो कानुन संसद्बाट पनि सहजै पास हुने बताएका छन् । कानुन पास भएमा भारत क्रिप्टोकरेन्सी प्रतिबन्ध गर्ने विश्वकै एक ठुलो अर्थतन्त्र भएको मुलुक बन्ने छ । कानुन लागु भएपछि ६ महिनासम्म जोसुकैसँग भएको क्रिप्टोकरेन्सीको व्यापार गरिसक्न समय दिइनेछ भने, त्यसपछि कानुन कार्यान्वयन हुनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

चीनले पनि क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाएको छ । यद्यपि त्यहाँ माइनिङ एवं व्यापार गर्नेहरूमाथि जरिवाना भने छैन ।

प्रतिकृया