चीनमा बेरोजगारी दर बढ्यो, रोजगारी पाउन सङ्घर्ष
प्रकाशित मिति
२०७७ चैत्र २ गते, सोमबार ०६:१९

काठमाडौं : कोरोना भाइरसको महामारी फैलिएको एक वर्ष पूरा भइसकेको अवस्थामा चीनमा युवाहरूलाई रोजगार पाउन सकस भइरहेको छ ।चीनको केन्द्रीय तथ्याङ्क विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार १६ देखि २४ वर्ष उमेर समूहका युवाहरूको बेरोजगारी दर १३।१ प्रतिशत पुगेको छ ।
फेब्रुअरीको तथ्याङ्क अनुसार चीनमा युवा बेरोजगारी शहरी बेरोजगारी दर ९जुन ५।५ प्रतिशत छ० भन्दा बढी देखिएको हो । गत वर्षको पहिलो त्रैमासिकमा पनि युवा बेरोजगारी दर यसै हाराहारीमा रहेको थियो । त्यति बेला चीनमा कोरोना भाइरसको महामारीले ठुलो प्रकोप मच्चाइरहेको थियो ।
पछिल्लो तथ्याङ्कका अनुरूप हेर्ने हो भने, चीनमा युवाहरूले रोजगारी पाउन सङ्घर्ष गर्नु परेको देखिएको छ । आधिकारिक आँकडा अनुसार यस वर्ष झन्डै ९० लाख विद्यार्थीहरूले रोजगारी खोज्ने छन् । गत वर्ष करिब ८० लाख विद्यार्थीले रोजगारीको खोजी गरेका थिए ।
चीनले यस वर्ष १ करोड १० लाख रोजगारी सिर्जना गरेर बेरोजगारी दर ५।५ प्रतिशतमै सीमित राख्ने लक्ष्य राखेको छ । अर्थव्यवस्थाको वार्षिक समीक्षामा प्रधानमन्त्री ली केकियांगले यस्तो बताएका हुन् ।
प्रतिकृया