• १२ असोज २०८३, सोमबार
  • १०ः०६ राती

अविश्वासको प्रस्तावमा हाल्दिन्छौँ भोट, फाल्दिन्छौँ ओली :रामचन्द्र पौडेल

प्रकाशित मिति

२०७७ चैत्र २ गते, सोमबार ०२:२१

काठमाडौँ : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस नेतृत्वले वर्तमान सरकारलाई हटाउन ढिला गर्न नहुने बताएका छन् । सोमवार पर्वतमा प्रेस युनियन जिल्ला शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले यस्तो बताएका हुन् ।

National Life

 

उनले केपी ओली नेतृत्वको सरकारलाई सक्दो चाँडो ढाल्नु नै अहिलेको बुद्धिमता निर्णय हुने र यो मौका मिस नगर्न सभापति देउवालाई सुझाव दिए । ‘हाम्रो नेतृत्वले ढुलमुले नीति लिनु हुन्न ।’ पौडेलले भने, ‘अहिलेको अवस्थामा समयमा डिसिजन गर्न ढिला गरिरहेका छौं हामीले । मौका गुमाइरहेका छौं ।’

Classic Tech Mobile
Classic Tech Desktop

अविश्वासको प्रस्ताव राख्न भने काँग्रेसले सक्ने अवस्था नरहेको पौडेलको भनाइ थियो । ‘काँग्रेससँग एक चौथाई मत पनि छैन ।’ उनले अरु पार्टीले अविश्वासको प्रस्ताव ल्याउनसाथ त्यसमा काँग्रेसले समर्थन गर्ने भन्दै भने, ‘त्यसपछि हाल्दिन्छौँ भोट, फाल्दिन्छौँ ओली ।’

 

प्रतिकृया